विश्व आइटिएफ तेक्वान्दोमा नेपाललाई अर्को रजत

काठमाडौं । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ बर्ल्ड तेक्वान्दो च्याम्पियनसीपको पाचाैं दिन शनिबार नेपालले एक रजत पदक जितेको छ ।

१४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले नेपालका लागि रजत जितेका हुन् । सेमिफाइनलमा आयरल्याण्डका खेलाडीलाई हराएका सस्मनले फाइनलमा वेल्सका खेलाडीसँग पराजित भए । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए

यसअघि प्रतियोगिताको दोस्रो दिन सिनियरतर्फ लक्ष्मण बस्नेतले नेपालका लागि कास्य पदक दिलाएका थिए । लक्ष्मण तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् ।

आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा ४५ राष्ट्रका करीव ११ सय खेलाडीहरु सहभागिता रहेको छ भने नेपालबाट ४ खेलाडीको प्रतिनिधित्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *