सलमान खान टेन्सनमा

salman
मुम्बै, असार २३ । वलिउड स्टार सलमान खान उर्फ सुल्तान आजकाल निकै टेन्सनमा छन् कारण उनकी बहिनी श्वीता रोहिारा र उनका श्रीमान सम्राट बिचमा बढ्दै गईरहेको तनाव हो । श्वीता र सम्राटले २०१४मा बिबाह गरेको थिए । पछि सम्बन्ध बिग्रदै गए पछि श्वीता र सम्राट गत बर्ष देखि अलग अलग बसेका थिए । तर उनीहरुले हालसम्म सम्बन्ध बिच्छेदको निवेदन भने दिएका छैनन् ।

यसै मामलालाई लिएर वलिउड स्टार सलमान खान निकै तनावमा देखिन्छन् । उनले आफ्नी बहिनीलाई भेटेर यसबारे जानकारी लिएका थिए उनले बहिनीलाई जिज्ञाशा राखेका थिए । सम्राट भने आफ्नो व्यस्तताले सम्बन्ध बिच्छेदको निवेदन नदिएको र फुर्सदमा दिने जानकारी गराएका छन् । सम्राटको कोही यामी गौतम भन्ने केटीसंग अफियर चलिरहेको श्वीताले शंका गरेकी छिन । टाइम्स अफ इन्डियामा खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.