स्वास्थ्य सेवा ऐन र हेल्थ असिस्टेन्ट

rabi ayr

रबिन्द्र ऐर
(हेल्थ असिस्टेन्ट)
म एउटा स्वास्थ्य ब्यवसायी परिषद Nepal Health Professional concil मा दोश्रो तहमा दर्ता भई हाल नेपालको सम्पूर्ण स्वास्थ्यको स्तरोन्नतिको लागि दुर्गम ठाउँहरुमा आफ्नो भुमिका निर्वाह गरी राखेको छु । गहिरिएर हेर्दा स्वास्थ्य क्षेत्र धेरै संवेदनशील क्षेत्र हो जहाँ अहिले स्वास्थ्य क्षेत्र धरासायी बनेको छ । तत्कालिन समस्याहरुलाई नियाल्दै म केही जिज्ञासाहरुलाई मेटाउने कोशिश गर्दैछु ।
१. हेल्थ असिस्टेन्ट परिचयः
सामान्य चिकित्सामा प्रविणता प्रमाणपत्र तहProficiency Certificate Level अर्थात हेल्थ असिष्टेन्ट को कोर्ष सिटिइभिटिद्वारा संचालित बिषय हो जस्ले मध्यम स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दक्ष जनशक्तिको उत्पादन गर्दछ । हे.अ को शुरुवात नेपालमा त्रिभुवन विश्वविद्यालय चिकित्साशाश्त्र अध्ययन संस्थाबाट शुरुवात भएको र पछि त्रि.वि ले छोडेर सन् १९९७ देखि सिटिइभिटिको स्कुल अफ हेल्थ साइन्स भरतपुर, चितवनबाट भएको हो । सिटिइभिटिको वेइभ साइड अनुसार, अहिले हे.अ कोर्ष सिटिईभिटिबाट मान्यता प्राप्त देशका बिभिन्न ४७ वटा कलेजहरुबाट पढाई हुन्छ र बर्षेनी लगभग १९००जति हे अ उत्पादन हुन्छन् । जस अन्तर्गत प्रथम बर्षमा General Basic Science मा केन्द्रीत गरी पढाई हुन्छ भने दोश्रो र तेस्रो बर्ष हेल्थ साईन्ससंग सम्बन्धित सैद्धान्तिक बिषय र प्रयोगात्मक कार्यक्रमहरु समेटिएका हुन्छन् ।
२. कानूनी प्रावधान र मान्यता ः
नेपाल स्वास्थ्य ब्यवसायि परिषद ऐन, २०५३ को दफा ९(१) अनुसार परिषदमा हे.अ हरु दोश्रो तहमा दर्ता हुन्छन् भने अ.हे.व तेस्रो तह र स्नातक गरेका प्रथम तहमा दर्ता हुन्छन् । परिषदमा दर्ता भई सके पछि मात्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यवसाय गर्न पाईन्छ । स्वास्थ्य व्यवसायीहरुको आधिकारिकता र आचरणको बिषयमा शंका लागेमा सर्व साधारण जो सुकैले पनि यस परिषद समक्ष सम्पर्क गर्न सक्दछन् ।
३. नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गत हे.अ ः
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार हेल्थ असिसटेन्टहरुलाई स्वास्थ्य सेवामा साहयक पाँचौ तहबाट सेवा प्रवेशको अनुमति हुन्छ । तत्कालिन निजामति सेवामा सेवामा हुँदा हे अहरुलाई रा.प अन(प्र) प्राविधिक श्रेणीमा राखिने गरिन्थ्यो । हाल स्वास्थ्य सेवाको हेल्थ ईनिस्पेक्सन समुहमा राखिएको छ, जस्को उत्तरदायित्व जिल्ला स्वास्थ्य प्रमुख, सुपरिवेक्षक जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य अधिकृत, सम्बन्ध स्थानिय स्वास्थ्य समिति, गाविस पदाधिकारीहरु, स्थानिय स्वास्थ्य तथा अन्य सम्बन्धित संस्थाहरु र सुपरिवेक्षण गर्नु पर्ने कर्मचारीहरु अ.हे.व/अ.न.मी हुन् । यो तह स्वास्थ्य चौकी देखि शुरु भई केन्द्रीय स्वास्थ्य कार्यालयहरु र केन्द्रीय अस्पतालसम्म रहन्छ । साहयक पाँचौ तहको पदपुर्ति लोक सेवा आयोगबाट गरिन्छ । खुल्ला प्रतिस्पर्धाबाट ६५ प्रतिशत, आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र समायोजनबाट १५ प्रतिशत गरी पदपुर्ति हुने गर्दछ । आन्तरिक प्रतियोगिताको लागि हेअ वा सिअहेवको प्रमाणपत्र भएकाहरुले ३ बर्ष चौथो तहमा काम गरेको हुनु पर्नेछ । त्यसै गरी साहयक पाँचौ तहबाट अधिकृत छैठौ तहमा स्तरबृद्धि हुनका लागि पाँच बर्ष सेवा गरेको र दुर्गम क्षेत्रमा २ बर्ष वा अति दुर्गम क्षेत्रमा १ बर्ष काम गरी कम्तिमा उत्तम अंक प्राप्त गरेको हुनु पर्दछ ।
बिद्यमान परिस्थितिमा नेपालको स्वास्थ्यलाई धरापमा रहेको र हाल स्वास्थ्य सेवामा विभिन्न वाधा अड्चनहरु निकै नै देखा परेका छन् । हाल स्वास्थ्य सेवा ऐन, २०५३ संसोधन २०७० नै जारी रहेको छ । नेपालको संविधान २०७२को धारा ३५ ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यस्तै, नयाँ स्वास्थ्य नीति २०७१ले देश व्यापीरुपमा ग्रामिण स्तर सम्म नै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य सेवाका पदहरुमा तहगत प्रणाली लागु भएता पनि लोक सेवा आयोगको प्रक्रियाबाट ऐनको दफा ८(१) अनुसार पदपुर्ति भई पदस्थापना भएका कर्मचारीले मात्र पदिय कार्य सम्पादन तथा जिम्मेवारी वहन गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । त्यस्तै दफा ९(ख)ले स्तरबृद्धि भएका कर्मचारीलाई पुल दरबन्दीमा पदस्थापना गर्नु पर्ने वाध्यकारी व्यवस्था बनाएको छ । स्तरबृद्धि सम्बन्धमा ऐनको दफा ९(४)ले निज जुन तहबाट स्तरबृद्धि भएको हो सोही तहको पदीय जिम्मेवारी बहन गर्नु पर्ने स्पष्ट पारिएको छ । तत्काल बिना डर, धम्की, दिगो स्वास्थ्य विकास र स्वास्थ्य सेवाको लागि नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी छ । यो समस्या तत्काल समाधान गरिनु पर्दछ ।
४. हे अ को कार्य विवरणः
नेपाल सरकारले बनाएको कार्यविवरण अनुसार हे अ ले विमारी चेक जाँच, परिवार नियोजन, खोप कार्यक्रम, शुरक्षित मातृत्व लगायत स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा विमारी र सेवा प्रदायकलाई प्रदान गर्नु पर्ने हुन्छ । स्वास्थ्यका सम्पूर्ण प्रतिकारात्मक, उपचारात्मक र प्रर्वधनात्मक कार्यहरु हेअको कार्यविवरण भित्र आउँछ ।
५. हेल्थ असिष्टेन्टका मागहरु ः
हेल्थ असिष्टेन्टहरु हाल राज्यको दोहोरो चपेटमा परेका छन् । स्वास्थ्य सेवा ऐन,२०५३का विवादास्पद बुँदाहरुले हेल्थ असिटेन्टहरुका पदिय मर्यादा र दायित्व माथि ठूलो बज्रपात भएको छ । एकातिर सर्वोच्च अदालतले अ.हे.व हरुलाई हे.अहरुको स्थानमा परिपुर्ति गर्नु भन्ने आदेश जारी गर्दछ भने अर्का तिर स्वास्थ्य मन्त्रालयको सांगठिनक संरचना अनुसार पनि जानका लागि विभिन्न वाधा व्यवधानहरु खडा हुने गरेका छन् । यहाँ सि.अ.हे.व र हे.अका प्रतिस्पर्धा त कस्तो सम्म हुन पुग्यो भने मानौ कुनै युद्ध क्षेत्रमा लड्ने दुस्मनहरु एक आपसमा लडिरहेका छन् । हेअहरुको ब्यक्तिगत रुपमा कसैसंग लडाई हुदै होइन यो त राज्यसंगको लडाई हो जस्का कारण हेअ हरु हालसम्म प्रताडित भई बसेका छन् । त्यसैले हेल्थ असिस्टेन्ट एसोसिएसनले आफ्ना मागहरुलाई राज्यसम्म प्रष्ट रुपमा पु¥याएको छ जस्लाई छोटकरी रुपमा लेखेको छु ।
१.राज्यका सम्पूर्ण सस्थाहरुमा बृहत O & M सर्भे गरी सबै पदहरुको औचित्य पुष्टी गर्नु पर्ने ।
२. मन्त्रि परिषदबाट पारित २०७१/९/२४को स्वास्थ्य चौकी संरचनाको निर्णय कार्यान्वय गर्नु पर्ने ।
३. स्वास्थ्य सेवा ऐन, २०५३ संसोधन २०७०को दफा ८(१) लाई नै कायम राख्नु पर्ने ।
४.नेपालका सबै परिषदमा दर्ता भए बमोजिम नै लोक सेवा आयोगबाट मात्र सेवा प्रवेश गर्नु पर्ने र परिषदको कोड अफ इथिक्स अनुसार नै जिम्मेवारी तथा कार्यविवरण यथासिध्र बनाउनु पर्ने ।
५.Non Academic Training लाई निरुत्साहित गरी Academic Course शुरु गर्नु पर्ने ।
६. स्वास्थ्य मन्त्रालयबाट सरुवा गर्दा अन्य पदनाम पाएकासंग नबाँझिने गरी दरबन्दी अनुसार नै सरुवा गर्नु पर्ने ।
७. स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराईनु पर्ने ।
८. स्वास्थ्य सेवाका नर्सिङ्ग सेवाहरुलाई एकिकृत बनाउनु पर्ने ।
अन्त्यमा, स्वास्थ्य सेवालाई सुदृढ र सबल बनाउनका लागि स्वास्थ्य सेवालाई राम्रोसंग जनता माझ पुग्ने गरी आ आफ्नो स्थानबाट पहल गर्नु पर्दछ । कसैसंग भेदभाव हुने वातावरणका अन्त्य हुनु पर्दछ । हाँसी खुसी स्वास्थ्य सेवा दिने वातावरण राज्यले प्रदान गर्नु नै अहिलेको मुल आवश्यकता हो ।
facebook:@rabindra.ayer

Leave a Reply

Your email address will not be published. Required fields are marked *