एड्स र यौनरोग घट्दोक्रममा

काठमाण्डौं, भदौ १५ । राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको सर्वेक्षणमा एच.आई.भी/एड्स र यौनरोगको संख्यामा निकै कमी आएको देखाएको छ । आज एक कार्यक्रममा बिभिन्न ४वटा संस्थाहरु सैपाल एकेडेमी, एनआईडीर, स्कुल अफ पिएमआइआर र इन्टरप्रेट संस्थाद्वारा यहि असार श्रावणमा संचालन भएको सर्वेक्षणको अन्तिम तथ्याङ्क डिसिमिनेसन गर्दै संख्यामा कमी आएको देखाएका हुन ।

प्रस्तुत तथ्याङ्क अनुसार सबै भन्दा बढी एच.आई.भी/एड्स एमएसएम, टीजि मा देखिएको छ भने सबैभन्दा कम तथ्याङ्क महिला यौनकर्मीहरुमा देखिएको छ । प्राप्त तथ्याङ्क अनुसार करिब २२ प्रतिशतसम्म एमएसएम, टिजी मा छ । जस्मा बढी भैरहवा, कपिलबस्तुमा बढी देखिन्छ ।

अर्को तिर ड्रग युजरहरुमा एच.आईं भी÷एड्स र यौनरोगमा मात्रा नबढेको तर घट्न पनि नसकेको देखाईएको छ । यौनरोगमा भिरिङ्गी रोग बढि रहेको देखाईएको छ । गनोरिया, क्लिमिडिया रोग निकै घट्दोक्रममा रहेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका तथ्याङ्क अधिकृत श्री बिर बहादुर रावलले जानकारी दिनु भएको छ ।

14215546_1190526794322978_259089412_o

यस पटक काठमाण्डौंमा भएको सड्क बालबालिकाहरुको सर्वेक्षणमा करिब ४ प्रतिशत एच.आई.भी/एड्स देखिएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *