लालफिताशाही प्रबृत्ति बिरुद्धको संघर्ष

पदमराज जोशी ‘विप्लव’
नेता- नेकपा माओवादी(केन्द्र)

प्रारम्भः
मानव सभ्यताको विकासका अनगिन्ति चरणहरू पार गरेर बल्ल आजको आधुनिक सभ्यताको युगमा प्रवेश गरेको नेपाली समाजमा हिजोको सभ्यताका बिम्ब र प्रतिबिम्बहरू झल्की रहेका हुन्छन् । स्वभाविक छ कि मान्छे त्यहि परिवार, समाज, संस्कृति र सभ्यताको अनुयायी बन्दै जीवनको गरेटोमा अगाडि बढिरहेको हुन्छ । उसको परिवारिक र सामाजिक मर्यादा वाल्यकालमा उ स्वयंद्वारा श्रृजित नभई बिगत देखि चलिआएको उसको पारिवारिक संस्कृति, सभ्यता र संस्कारमा निर्भर गर्दछ । प्रत्येक समाजको सामाजिक संस्कृति, सभ्यता र संस्कारलाई अझ बढि सुदृढ,परिस्कृत र मर्यादित बनाउने काम ति यूग पुरूषहरूले मात्रै गर्न सक्दछन् जसले इतिहास निर्माण गर्न बर्तमानमा युगको नेतृत्व गरी नमुना योग्य र सहासिक काम गरेका हुन्छन् ।

हो, नेपाली माटोमा पनि स्वर्णिम युगको नेतृत्व गर्ने कैयौं वीर वीरंगनाहरू आज भौतिक रूपमा हामी सामु नरहे पनि तिनका ऐतिहासिक गाथाहरू प्रज्वलित भइरहेकै छन् । आफ्नो कार्यकालमा गरेका तमाम सिर्जनात्मक, चमत्कारिक र सेवामुलक कामहरूबाट आजको पुस्तालाई प्रशिक्षित गरिरहेका छन् । पाको पुस्ताका अग्रजहरूले देखाएको बाटो नै बर्तमानको युवा पुस्ताका लागि आफ्नो चाहाना अनुसारको मार्गदर्शन हुने भएकोले त्यहि साँचोमा आफुलाई ढाल्न खोज्दैछन् । उमेरको परिपक्वतासंगै जब चेतनाको पूर्ण विकास हुन्छ तब ब्यक्ति आफ्ना श्रृजनात्मकतातिर अघि बढ्छ र नयाँ नयाँ खोज, अनुसन्धान गर्दछ ।

समयक्रम अनुसार मान्छेको चेतनाको स्तर र उस्ले गर्ने ब्यवहार परिस्कृत हुँदै जान्छ । त्यसैले त ब्यक्ति फरक फरक बिषयबस्तुहरूमा बिज्ञता प्राप्त गर्दछ । कोही डाक्टर, कोही इन्जिनियर, कोही पाइलट, कोही राजनेता बन्दछन् तर हरेकले उनका कार्यहरूमा पूर्ण सफलता प्राप्त गर्ने कुरा महत्वपूर्ण बन्दछ ।

नेपाली कम्युनिष्टको इतिहास

इतिहासबाट पाठ नसिकिकन कहिल्यै पनि नयाँ इतिहास निर्माण गर्न सम्भव हुदैन । पश्चिमा मुलुकहरूको इतिहास हेर्दा पनि माक्र्स,एङगेल्सले पनि इतिहासबाटै पाठ सिकेर माक्र्सबादी सिद्धान्तको प्रतिपादन गरेका थिए । लेलिन, माओहरूले पनि इतिहासबाटै पाठ सिकेर क्रान्तिको नेतृत्व गरेका थिए । आज तिनै बिचारकहरूको ‘सिद्धान्त र बिचार’ बिश्व भरी फैलिएको छ जो गरिखाने मजदुर बर्गको हितमा छन् र तिनलाई नेपाली सापेक्षतामा नेपालका कम्युनिष्टहरूले पनि गहन अध्ययन र बिश्लेषण गरी पाठ सिक्नु जरूरी छ । कम्युनिष्ट आन्दोलनको प्रादुर्भाव कसरी भयो ? कम्युनिष्ट आन्दोलन बेला बेलामा कसरी संकटमा पर्दछ ? नेपालका सन्दर्भमा सबै कम्युनिष्टहरू एक भएर किन हिड्न सकि रहेका छैनन् ? यसबारे सम्पुर्ण कमरेडहरूले सोध खोज गर्नै पर्दछ ।

२००५ सालमा कम्युनिष्टपार्टीको घोषणापत्र निर्माण गरी पुष्पलालले २००६ को सुरुमै कम्युनिष्ट पार्टी घोषणा गरी जनतामा नयाँ राजनीतिक जागरण ल्याएको थियो । जसको नेतृत्व गर्दै नेपालको स्वाभिमानमा आँच पु¥याउने बिवादास्पद दिल्ली संम्झौताको बिरूद्धमा देश भक्तिपूर्ण लडाई लडनु र गलत सम्झौता गर्ने सरकार बिरूद्ध चुनौति खडा गर्नु भिषण संघर्ष नै थियो । पुष्पलालकै नेतृत्वमा २००८ असोज ५ देखि १३ सम्म भारत कलकत्तामा प्रथम राष्ट्रिय महाधिवेशन गरी नेपाली जनबादी क्रान्तिको प्रस्ताव अघि सारियो र राष्ट्रिय रूपमा कम्युनिष्ट आन्दोलनको विस्तार गरी नेपाली क्रान्तिको कोशेढुङ्गा सावित भयो ।

डा.के आई सिंहले २००८ मा सिंहदरवारमा गरेको बिद्रोहको दोष पुप्पलाल माथि थोपरेर भर्खरै जन्मेको कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाउने काम भयो । कम्युनिष्टहरू माथि वि.पि गृहमन्त्रि भएको बेला भिषण दमन भयो । कम्युनिष्ट पार्टीमा अवसरवादीहरूको धुसपैठ गराएर बेला बखतमा पार्टी चिरा चिरा पार्ने काम भयो जसले आजसम्म पनि निरन्तरता पाएको देखिन्छ । संस्थापकहरू मध्ये पुप्पलाल बाहेक सबै निस्कृय भएको अवस्थामा २०१० सालमा पाटनमा भएको महाधिवेशनले मनमोहन अधिकारी लाई महासचिवमा चुनेको थियो । २०१३ सालमा डा. केशरजंग राईमाझी महासचिवमा चुनिनु भए पश्चात सिंङ्गो पार्टी नै बिर्सजन हुने गरी २०१७ सालको शाहि फौजि काण्डको समर्थन गरे ।

यसरी ३० बर्षसम्म नेपाली जनतालाई कैदी बनाई आफुले तानाशाह राजा महेन्द्रसंग आत्मासमर्पण गर्दै निरंकुश पंचायत रोजेका थिए । त्यस पछि कम्युनिष्ट आन्दोलन भित्र निरन्तर विचलन, विभाजन, विखण्डन र विसर्जनवादी चिन्तन, चरित्र, पात्र र प्रबृत्ति जन्माएर नयाँ संकट भई नै रह्यो । २०१९ बैशाख ४ देखि १६ सम्म तस्रो महाधिबेशन भारतको बनारसमा भयो जहाँ क्रान्तिकारीहरू र विसर्जनवादीहरू विच भिषण संघर्ष भयो । केशरजंग राईमाझीलाई गद्धार घोषण ग¥यो । तर क्रान्तिकारीहरूको जितका लागि सो महाधिवेशन असफल भयो । तुल्सिलाल अमात्यको विसर्जनवादी सोचको प्रस्ताव राष्ट्रिय प्रजातन्त्र नामको दस्तावेज पारित भएको थियो जसबाट पाठ सिक्दै पुप्पलालले २०१५ मा फेरी आफ्नै नेतृत्वमा अर्को ने.क.पा खोलेका थिए ।

२०२७ मा पुर्व कोशी प्रान्तिय कमिटीका केहि युवाहरू पुप्पलालले गठन गरेको पार्टीबाट अलगिएर ने.क.पा झापा जिल्ला कमिटी गठन गरे र गठन गरेको एक बर्ष नपुग्दै क्रान्तिकारी हिंसा र शसस्त्र बिद्रोहको बाटो रोजि सामन्तहरू माथि एकाएक कार्वाही थाले जसलाई ईतिहासमा झापा बिद्रोहको नामले चिनिन्छ । २०२८ मा सिपी मैनालीको नेतृत्वमा अखिल नेपाल कम्युनिष्ट क्रान्ति कोअर्डिनेसन कमिटी (माले) नामाकरण गरी कम्युनिष्ट एकताको पहल हुनु राम्रो पक्ष थियो । सिपी मैनाली लगायतका नेताहरू लगत्तै जेल पर्नु र १० महिना नपुग्दै नख्खु जेलब्रेक गरी पुनः आन्दोलन मै जोडिएका थिए ।

२०३६ सालतिर तत्कालिन ने.क.पा मालेका महासचिव (पुप्पलाल समुहबाट विद्रोह गरी आएका) मदन भण्डारीले झापा बिद्रोेहले परिकल्पना गरेको क्रान्तिकारी सोचाईलाई पुनः पुरै संसदीय सोचतिर मोडि दिए । नेतृत्व पनि तिनैले हत्याए । मदन भण्डारीले समय क्रममा ने.क.पा (माले) लाई मनमोहन अधिकारीले नेतृत्व गरेको ने.क.पा (माक्र्सवादी) संग २०४७ पुष २२ मा एकता गरी ने.क.पा .(एमाले) मा बदले नयाँ विचार र नविन प्रयोगका मिठा तर्क गर्दै मदन भण्डारीले बहुदलिय जनवाद नामको संसदीय धार रोजे । छोटो समयमा जनतामा लोकप्रिय बनेका मदन भण्डारी २०५० सालमा दाशढुङ्गा हत्याकाण्डमा मारिए जसको छानविन अहिलेसम्म पनि हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *