फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाग्रत, हेलिकप्टरमा एकै घरमा ४ जना

साउन, २४ । गोर्खाबाट काठमाडौंका लागी उडेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको मदानपुर–९ पाखुरेस्थित बेतिनिको जंगलमा दुर्घटना भएको अवस्थामा हेलिकप्टर फेला परेको नुवाकोटको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

हेलिकप्टरमा एकै घरमा चार जना सहित ७ जना रहेका थिए । हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेका थिए ।

नाइनएन एकेए साइन भएको हेलिकप्टर १२ बजेर १२ मिनेट पछि नुवाकोटको आकासबाट सम्पर्क विहिन भएको थियो । गोर्खाको सिर्दिवासबाट गर्भवती महिला लिएर सो हेलिकोप्टर काठमाडौंका लागि उडेको थियो । अहिले घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारीसहितको टोली जादैछ । प्रहरीको टोली पनि घटनास्थल पुग्न लागेकाले त्यसपछि मात्रै थप विवरण आउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *