रियो ओलम्पिकः स्वर्ण जित्ने देशहरु

साउन २७ । ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । अमेरिकाले अहिलेसम्म ११ स्वर्ण, ११ रजत र १० कास्य गरी ३२ पदक जितेको छ । कुल २३ पदक जितेको चीन दोस्रो स्थानमा छ । चीनले अहिलेसम्म १० स्वर्ण, ५ रजत र ८ कास्य गरी २३ पदक जितेको छ । ६ स्वर्ण, एक रजत र ११ कास्य गरी १८ पदक जितेको जापान तेस्रो तथा ५ स्वर्ण, २ रजत र ५ कास्य गरी १२ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा छ ।

५ स्वर्ण, एक रजत र एक कास्य गरी ७ पदक जितेको हंगेरी पाँचौं स्थानमा छ । चार स्वर्ण, सात रजत र चार कास्य गरी १५ पदक जितेको रुस छैटौं तथा चार स्वर्ण, दुई रजत र तीन कास्य गरी ९ पदक जितेको दक्षिण कोरिया सातौं स्थानमा छ ।

तीन स्वर्ण, ६ रजत र दुई कास्य गरी ११ पदक जितेको इटाली अठौं स्थानमा छ । नवौं स्थानको बेलायतले तीन स्वर्ण, तीन रजत र ६ कास्य गरी १२ पदक जितेको छ ।
यस्तै फ्रान्सले दुई स्वर्ण, तीन रजत र एक कास्य गरी ६ तथा काजकस्तानले दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात र दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार थाइल्याण्डले पदक जितेको छ ।

जर्मनी, , स्वीडेन, ब्राजिल, नेदरल्याण्डस्, अर्जेन्टिना, कोलम्बिया, क्रोएसिया, कोसोभो, स्लोभेनिया, चाइनिज ताइपेइ, बेल्जियम, ग्रिस, स्वीट्जरल्याण्ड, भिएतनाम र स्वतन्त्र ओलम्पिक एथलेट्सले पनि एक एक स्वर्ण पदक जितेका छन् । अहिलेसम्म ५१ देशले पदक जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.