फेवातालमा हराएका दुई युवाको शव भेटियो

कास्की, साउन २७ । डुंगा पल्टिँदा हराएका दुई युवाको शव भेटिएको छ ।पोखराको फेवातालमा सोमबार दिउँसो डुंगा पल्टिँदा हराएका दुई युवाको शव भेटिएको हो ।

पोखरा घुम्न आएका काठमाडौं चक्रपथका १९ वर्षका प्रतिक श्रेष्ठको शव स्विमिङ पुल नजिकै र बसुन्धराका २३ वर्षका एलिन केसीको शव क्याम्पियन चोक नजिकै तैरिरहेको अवस्थामा बिहीबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शवको पोष्टमार्टम गरेपछि बिहीबारनै आफन्तको जिम्मा लगाइने कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *