नेपाल भर्सेस नेदरल्याण्ड्सः नेपाल ९४ रनमा अल आउट

साउन, २९ । नेदरल्यान्ड्सविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाली ब्याट्सम्यानले कूल सय रन पनि कटाउन सकेन्।

शनिवार एम्सटर्भिन मैदानमा भइरहेको खेलमा ९४ रन बनाउने क्रममा नेपालले पुरै १० विकेट गुमायो। नेपाली ब्याट्सम्यानको खराब प्रदर्शनका कारण नेदरल्यान्ड्सले ३८ दशमलव १ ओभरमा नेपालको इनिङ समाप्त पार्न सफल भयो।

प्रारम्भिक बलर टिम भान डेर गुग्टेन र चाइनाम्यान बलर मिचेल रिप्पोनको कसिलो बलिङका अगाडि घुँडा टेकेको नेपालका लागि कसैले पनि प्रभावशाली ब्याटिङ गर्न सकेनन्। ६ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै आउट भए।

नेपाली इनिङमा प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल (११) र अनिल मण्डल (२०) ले सर्वाधिक २३ रनको साझेदारी गरेका थिए। त्यसबाहेक कसैले गर्न सकेनन्। यि दुवै आउट भएपछि सरद भेषवाकर (१४) पारस खड्का (९), सागर पुन (७), राजु रिजाल(३), विनोद भण्डारी (९),सोमपाल कामी (१२ं), करण केसी (०), सन्दीप लामिछाने (१) रनमा आउट भए। बसन्त रेग्मीले अविजित ७ रन बनाए।

नेपालविरूद्ध बायाँ हाते अर्थोडक्स बलर रोयलोफ भान डेर मेर्वेले लगातार २ बलमा २ विकेट लिए। पहिले मण्डललाई आफ्नो सिकार बनाएका मेर्वेले कप्तान पारस खड्कालाई ‘गोल्डेन–डक’ मा आउट गरे। पारस उनको पहिलो बलमै एलबीडब्लुको सिकार भए। गुग्टेन र रिप्पोनले ३–३ विकेट लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *