प्रधानमन्त्रीले पहिलो महिनाको तलब धुर्मुस सुन्तली फाउण्डेसनलाई दिने

काठमाडौं, भाद्र १ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो महिनाको तलब सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत वस्ती निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई दिने भएका छन् ।

फाउण्डेसनका संस्थापक दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग बुधबार बिहान भएको भेटमा प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने घोषणा गरेका हुन् ।

नयाँ आर्थिक वर्षमा २५ प्रतिशत बृद्धि भएसँगै प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० रुपैयाँ छ ।

भेटका लागि प्रधानमन्त्री कार्यालयले नै धुर्मुस–सुन्तलीलाई बालुवाटार बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *