रियो ओलम्पिकः अमेरिका २८ स्वर्णसहित शीर्ष स्थानमा

भदौ, १ । ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । अमेरिकाले अहिलेसम्म २८ स्वर्ण, २८ रजत र २८ कास्य गरी ८४ पदक जितेको छ । बेलायत दोस्रो स्थानमा छ । बेलायतले अहिलेसम्म १९ स्वर्ण, १९ रजत र १२ कास्य गरी ५० पदक जितेको छ । कुल ५१ पदक जितेको चीन तेस्रो स्थानमा छ । चीनले अहिलेसम्म १७ स्वर्ण, १५ रजत र १९ कास्य गरी ५१ पदक जितेको हो ।

१२ स्वर्ण, १२ रजत र १४ कास्य गरी ३८ पदक जितेको रुस चौथो तथा पाँचौं स्थानको जर्मनीले ११ स्वर्ण, ८ रजत र ७ कास्य गरी २६ पदक जितेको छ । ८ स्वर्ण, ९ रजत र ६ कास्य गरी २३ पदक जितेको इटाली छैटौं, आठ स्वर्ण, ३ रजत र ३ कास्य गरी १४ पदक जितेको नेदरल्यान्ड सातौं, सात स्वर्ण, ११ रजत र ११ कास्य गरी २९ पदक जितेको फ्रान्स आठौं, ७ स्वर्ण, ८ रजत र ९ कास्य गरी २४ पदक जितेको अस्ट्रेलिया नवौं तथा ७ स्वर्ण, ४ रजत र १८ कास्य गरी २९ पदक जितेको जापान दशौं स्थानमा छ ।

दक्षिण कोरियाले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४, हंगेरीले ६ स्वर्ण, तीन रजत र चार कास्य गरी १३, स्पेनले चार स्वर्ण, एक रजत र दुई कास्य गरी सात, न्युजिल्याण्डले तीन स्वर्ण , ६ रजत र एक कास्य गरी १०, ब्राजिलले तीन स्वर्ण, चार रजत र चार कास्य गरी ११ , केन्याले तीन स्वर्ण र तीन रजत गरी ६, क्यानडाले तीन स्वर्ण, २ रजत र ९ कास्य गरी १४,क्रोएसियाले तीन स्वर्ण दुई रजत गरी ५, जमैकाले तीन स्वर्ण र दुई कास्य गरी ५ , काजकस्तानले दुई स्वर्ण, तीन रजत र पाँच कास्य गरी १०, उत्तर कोरियाले दुई स्वर्ण, तीन रजत र दुई कास्य गरी सात, क्युवाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी ८, पोल्याण्डले दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात, स्वीट्जरल्याण्डले दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच, थाइल्याण्डले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, क्रोएसियाले दुई स्वर्ण र एक रजत गरी तीन, उज्वेकिस्तानले दुई स्वर्ण र चार कास्य गरी ६, जमैकाले दुई स्वर्ण र दुई कास्य गरी चार, ग्रिसले दुई स्वर्ण र एक कास्य गरी तीन, तथा इरानले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जितेको छ । दक्षिण अफ्रिका, स्वीडेन, डेनमार्क, बेलारुस, रोमानिया, स्लोभेनिया, अर्जेन्टिना, बहराइन, स्लोभाकिया, भिएतनाम, चेक गणतन्त्र, इथियोपिया, चाइनिज ताइपेइ, बहमास, फिजी, कोसोभो, पुएर्टो रिको, सिंगापुर र स्वतन्त्र ओलम्पिक एथ्लेट्सले पनि एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म ७२ देशले पदक जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *