नजिकिदै कटिना आदित्य

kaitrina aaditya 2

भदौ, २ । केही अघिसम्म अभिनेता रणवीर कपुरसँगको ब्रेकअपका कारण अभिनेत्री कट्रिना कैफ निरन्तर समाचार बनेकी थिइन् । बलिउडको गर्जियस जोडीमध्येका मानिने रणवीर–कट्रिना आठ महिनाअघि छुट्टिएका थिए ।

कट्रिना ‘फितुर’ फिल्मको प्रमोसनमा रहँदा रणवीरसँगको उनको सम्बन्ध चिसिएको थियो । तर, एउटा नाता मासिँदै गर्दा ‘फितुर’ ले कट्रिनालाई नयाँ सम्बन्ध बनाउन पनि सघाएको रहेछ । उक्त फिल्मका मुख्य अभिनेता आदित्य रोय कपुरसँगको उनको सम्बन्धले उक्त भनाइलाई बल दिन्छ ।

kaitrina aaditya

इन्डिया टुडेका अनुसार ‘ड्रिम टिम टुर’ का लागि हाल अमेरिकामा रहेकी यी दुई कलाकार लुकीछिपी आँखा जुधाउने गर्छन् । यति मात्रै होइन, दुवैले सबै कार्यक्रम साथसाथै गरिरहेका पनि छन् ।

गत फेब्रुअरीमा ‘फितुर’ प्रदर्शन भएदेखि नै कट्रिना र आदित्यको सम्बन्धबारे गाइँगुइँ चल्न सुरु भएको थियो । के पनि भनिएको छ भने, रणवीरका हितैषी आदित्यले कट्रिना र रणवीरको प्याचअपका लागि पनि पहल गरेका थिए ।

kaitrina aaditya 3

तर, त्यति बेला उनलाई के थाहा, कालान्तरमा आफैं कट्रिनाको मायाजालमा फस्छु भन्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *