नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी

nain shing mahar

काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन् । मनोजमणि आचार्यलाई १ सय ६४ मतले पछि पर्दै महर नेविसंघको अध्यक्षमा विजय भएका हुन् ।

निर्वाचन समितिका अनुसार महरले १४ सय ९६ र आचार्यले १३ सय ३२ मत ल्याउनुभएको छ । यस्तै महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन् ।

मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *