रियो ओलम्पिकः ९३ पदकसहित अमेरिका शीर्ष स्थानमा

Shaunae Miller dives over the finish line to win the gold. Bahamian Shaunae Miller launched herself over the finishing line with a desperate dive to pip Allyson Felix to the women's Olympic 400 meters gold medal by the narrowest of margins on Monday. REUTERS/Lucy Nicholson

भदौ २ । ब्राजिलमा जारी रियो ओलम्पिकमा अहिलेसम्म ९३ पदक जितेको अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । उसले अहिलेसम्म ३० स्वर्ण, ३२ रजत र ३१ कास्य गरी ९३ पदक जितेको हो । बेलायत दोस्रो स्थानमा छ । बेलायतले अहिलेसम्म १९ स्वर्ण, १९ रजत र १२ कास्य गरी ५० पदक जितेको छ । कुल ५४ पदक जितेको चीन तेस्रो स्थानमा छ । चीनले अहिलेसम्म १९ स्वर्ण, १५ रजत र २० कास्य गरी ५४ पदक जितेको हो । १२ स्वर्ण, १४ रजत र १५ कास्य गरी ४१ पदक जितेको रुस चौथो तथा पाँचौं स्थानको जर्मनीले १२ स्वर्ण, ८ रजत र ९ कास्य गरी २९ पदक जितेको छ ।

Shaunae Miller of Bahamas celebrates with her mother after winning the gold medal. REUTERS/Sergio Moraes

१० स्वर्ण, पाँच रजत र १८ कास्य गरी ३३ पदक जितेको जापान छैटौं, ८ स्वर्ण ११ रजत र १२ कास्य गरी ३१ पदक जितेको फ्रान्स सातौं, ८ स्वर्ण, ९ रजत र ६ कास्य गरी २३ पदक जितेको इटाली आठौं, ८ स्वर्ण, चार रजत र तीन कास्य गरी १५ पदक जितेको नेदरल्याण्ड्स नवौं तथा सात स्वर्ण, ८ रजत र ९ स्वर्ण गरी २४ पदक जितेको अस्ट्रेलिया दशौं स्थानमा छ । दक्षिण कोरियाले ७ स्वर्ण, ३ रजत र ६ कास्य गरी १६, हंगेरीले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३, केन्याले चार स्वर्ण र दुई कास्य गरी ६, स्पेनले चार स्वर्ण, एक रजत र दुई कास्य गरी ७,

olympic4

न्युजिल्याण्डले तीन स्वर्ण, ६ रजत र एक कास्य गरी १०, ब्राजिलले तीन स्वर्ण, पाँच रजत र चार कास्य गरी १२, काजकस्तानले तीन स्वर्ण, तीन रजत र ६ कास्य गरी १२, क्यानडाले तीन स्वर्ण, दुई रजत र ९ कास्य गरी १४, क्रोएसियाले तीन स्वर्ण र दुई रजत गरी पाँच, उत्तर कोरियाले दुई स्वर्ण, तीन रजत र दुई कास्य गरी सात, क्युवाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी ८, पोल्याण्डले दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात, थाइल्याण्डले दुई स्वर्ण, दुई रजत र दुई कास्य गरी ६,

oplympik 1

कोलम्बियाले दुई स्वर्ण र दुई रजत गरी चार, उज्वेकिस्तानले दुई स्वर्ण, एक रजत र चार कास्य गरी सात, बेल्जियमले दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच, स्वीट्जरल्याण्डले दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच, ग्रिसले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, अर्जेन्टिनाले दुई स्वर्ण र एक रजत गरी तीन तथा इरानले दुई स्वर्ण र दुई कास्य गरी चार पदक जितेको छ ।

दक्षिण अफ्रिका, स्वीडेन, युक्रेन, डेनमार्क, अर्मेनिया, बेलारुस, स्लोभेनिया, इन्डोनेसिया, चेक गणतन्त्र, इथियोपिया, जर्जिया, रोमानिया, सर्बिया, बहराइन, स्लोभाकिया, भिएतनाम, चाइनिज ताइपेइ, बहमास, फिजी, कोसोभो, पुएर्टो रिको, सिंगापुर र स्वतन्त्र ओलम्पिक एथ्लेट्सले पनि एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म ८० देशले पदक जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.