ने.वि संघको अधिवेशनले सिकाएको पाठ

pradip

नेपाली काँग्रेसको प्रमुुख भातृ संगठन नेपाल विद्यार्थी संधको ११ औं महाधिबेशन राजधानी काठमाण्डौमा आयोजना भईरहेको छ । ९ बर्ष पछि हुन लागेको महाधिवेशनको परिदृश्य हेर्दा पार्टीको महाधिवेशन भन्दा कम्तीको भड्किलो देखिदैन् । मानौं कि संविधान सभाको चुनावको प्रचार प्रसारमा होमिएका सत्तासिन पार्टीहरूसंग तुलना गर्दा पनि कम्तीको देखिदैन बरू बढी नै..। नेपाल विद्यार्थी संघको अबको नेतृत्व भावी रणनीति,कार्यदिशा कस्तो होला र यसले प्रजातान्त्रिक आन्दोलन कसरी हाँक्ला भन्ने चुनौती एकातिर छ भने अर्को तर्फ नेतृत्वले लिने कार्यदिशा समेत स्पष्ट देखाएको छ ।

नेपाल विद्यार्थी संघ आपm्नो लक्ष्यबाट कति टाठा पुगिसकेको रहेछ भन्ने महाधिवेशनको दृश्यले देखाई सकेकोे छ । वर्तमान अवस्थामा ने.वि.संघको नयाँ बन्ने कार्यसमितिले तय गर्ने निदृष्ट सिद्धान्त र भूमिका कस्तो बन्ला भन्नेमा आम चासोको बिषय बनेको छ ।
कुनै पनि संगठनको उद्देश्य गन्तव्यको बारेमा छलफल हुने सर्वोच्च थलो नै महाधिवेशन हो । यसको जगमा टेकेर संगठनले आफ्नो भावी रणनीति र कार्ययोजना तय गर्ने गर्दछन् । तर यो सवालमा ने.वि संघ पुरै चुकेको छ । भागबन्डा र नेतृत्वमा कसरी जाने भन्ने विषयमा मात्र महाधिवेशन केन्द्रित हुन पुगेको छ ।

दुःखको विषय के छ भने नीतिगत गन्तव्य विद्यार्थी संगठनको आफ्नो रहेन । सबै योजनाहरू माऊ पार्टी नेतृत्वका अलग अलग गुँटहरूले थोपरेको देखियो । यो दृश्य लोकतन्त्रको अपेक्षा गर्न नागरिकहरूका लागि दुःखको विषय हो । लोकतन्त्रको मसिया ठान्ने तर लोकतन्त्रकै उपहास गरी कुनै छलफल र कुनै संम्बादै नगर्न ।

महाधिवेशनका अनुहार हेर्दा पार्टीका कार्यकर्ता जस्ता देखिने तर विद्यार्थी नेतृत्वको अग्र दस्तामा आफूलाई उभ्याउन पछि नपर्ने यी अनुहारहरूले विद्यार्थी राजनीतिलाई साँच्चिकै सफल पार्लान त ? लोकतन्त्रका कुरा गर्ने तर लोकतान्त्रिक अभ्यास नगर्ने , विद्यार्थीको राजनीति गर्छु भन्ने नियमित विद्यार्थी कहिले नहुने यो कस्तो लोकतान्त्रिक पार्टीको भातृ संगठन हो ?

राजनीतिको मुख्य आधार विश्वविद्यालयलाई बनाउने गर्दछन् । विश्वविद्यालयमा अहिले सेमेष्टर प्रणाली संचालनमा छ । सेमेष्टरका आफ्नै नियमहरू छन । ति नियमहरू सबैको हकमा लागु हुने गर्छ । चाहे त्यो राजनीतिक दलको कार्यकर्ता होस् या व्यपारी, किसानका छोरा छोरी नै किन नहोस् सबैको हकमा बराबरी लागु हुने गर्दछ । नियम कानुनको हकमा सबै बराबरी हुन्छन् र हुनु पनि पर्दछ । तर यहाँ त्यसो देखिदैन ।
यहाँ ठिक विपरित नियमित विद्यार्थी नहुने, विश्वविद्यालयको नियमभित्र नबस्ने अनि विद्यार्थी राजनीतिको पहिलो पहलकदमी लिने,

लोकतन्त्रवादी हुँ भन्न पछि नपर्ने कस्तो वादले काम गर्दैछ यहाँ, लोकतन्त्रवादीहरूको समाजमा अचम्म ।
नेपालको लोकतान्त्रिक इतिहासमा लोकतन्त्र स्थापना गर्ने आन्दोलनमा विद्यार्थीको ऐतिहासिक भूमिका छ । आजका ठुला राजनीतिक पार्टीहरूको निर्माण गर्ने नेताहरू पनि विद्यार्थी राजनीतिबाट उदाएका हुन् । नेपाली काँग्रेसका वैचारिक मार्ग श्रष्टा विश्वेश्वर प्रसाद कोइराला स्कुले जीवनबाटै राजनीतिमा प्रवेश गरेका हुन् ।

२०१७ पुष १ गते राजा महेन्द्रले सैनिक कु. गरेर देशमा स्थापित प्रजातान्त्रिक व्यवस्था समाप्त गरियो । निर्वाचित सरकारका प्रधानमन्त्री लगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई जेल हालियो । पार्टीका समर्थनमा रहने थुप्रै कार्यकर्ताहरू कि त प्रवासमा गए, कि त आफ्नै देशमा भूमिगत जीवन बिताउन बाध्य भए ।

प्रजातान्त्रिक व्यवस्थाको स्थापना पश्चात सो अनुकुल सामाजिक साँस्कृतिक चरित्र निर्माणको कसरी चलाउने भन्ने संगठनमा छलफल भएन ।
पछिल्लो अवस्थामा भन्ने हो भने विद्यार्थी नेतृत्वले आफ्नो गरिमाय आकर्षण गुमायो । गरिमा जोगाउन नसक्नुनै नेतृत्व पक्षको कमजोरी हो ।

राष्ट्र रूपान्तरणको बाटोमा छ । रूपान्तरणसंगै भ्रष्टाचार मौंलाउदो छ । यसलाई रोक्ने जिम्मेवारी संगठनले लिन सक्ला ? यो चूनौतीको विषय बनेको छ । बन्दशत्र नगराई चूनावको घोषण गर्नु कति जायज थियो । यो सबैले मन्न गर्नु विषय हो । जे होस, यो सबैको बिचबाट नेपाल विद्यार्थी संघको नेतृत्व चयन भएको छ । विगत जे भए पनि अब यसको सुन्दर पुनरालोकन हुन जरूरी छ । नयाँ नेतृत्वले लिने रोड म्याप हेर्न बाँकि छ ।

 

2 thoughts on “ने.वि संघको अधिवेशनले सिकाएको पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *