किन चाहिनन् त काजोलले सलमानसँग खेल्न?

salman kajol

भाद्र ३ । बलिउड सिक्वल ‘दबंग ३’ मा दुई अभिनेत्री राख्ने भनिएको छ । तर, को–को राख्ने पक्का भइसकेको छैन । केही समयअघि परिणीति चोपडाको कुरा उठेको थियो । लगत्तै फिल्ममा सोनाक्षी सिन्हा नहुने खबरले बलिउड तात्तियो । सन् २०१० मा ‘दबंग’ बाटै अभिनय प्रारम्भ गरेकी सिन्हा तेस्रो सिक्वलमा हुनेरनहुने अहिले टुंगो लागिनसकेको निर्माता अरबाज खानले बताएका छन् ।

दबंग गर्ल सोनाक्षीको चर्चा सेलाउन नपाउँदै बलिउड अहिले फिल्ममा काजोलको विषयलाई लिएर जिज्ञासु बनिरहेको छ । अरबाजले ‘दबंग ३’ मा काजोललाई कास्ट गराउन खोजे पनि उनले प्रस्ताव अस्विकार गरिछन् । सलमान खानसँग काम गर्न पाउने यति राम्रो अफर आखिर काजोलले किन स्विकारिनन् ? यसका पछाडि के रहस्य हुन सक्छ ? बलिउड पूरै कौतुहलमा छ ।

salman kajol 2

भारतीय अनलाइन वेबदुनियाँ डटकमका अनुसार काजोल अचेल निकै चुजी बनेकी छन् । यसै पनि ‘थ्री इडियट्स’ जस्तो फिल्म लत्याएकी उनी असाध्यै छानेर मात्रै फिल्म खेल्ने गर्छिन् । पछिल्लो पटक ‘दिलवाले’ बाट तीतो अनुभव सँगालेकाले उनी हिजोआज औधि गमेर मात्रै फिल्म रोजिरहेकी छन् ।

‘दबंग ३’ मा भिलेनको भूमिकामा देखिनुपर्ने थाहा पाएपछि उनले उक्त रोल खासै दमदार होला भने कल्पनै नगरेको बताइन्छ । त्यसमाथि सलमानको एक्सन–ड्रामामा अन्य कलाकारले खासै ‘जागिर’ नपाउने भएकाले पनि काजोलले प्रस्ताव लत्याउन समय नलगाएको हुनुपर्छ । अरबाजले भने काजोलसँग यस्तो विषयमा कुराकानी नै नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.