आज गाईजात्रा, विभिन्न कार्यक्रम गरी मनाइँदै

gaijatra

काठमाडौं, भदौ ३ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०७३ वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा आज काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँदै छ । भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइने यो पर्व नेवार समुदायले बिषेशगरी मनाउने गर्छन् ।

gaitara1

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँभरका मानिसले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले दिवंगत भएका आफन्तको सम्झनामा घरघरबाट गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएकोले त्यहि बेलादेखि गाईजात्राको सुरुवात भएको ऐतिहासिक मान्यता छ ।

gaijatra2

यसैबीच, भक्तपुरमा आजदेखि सातदिनसम्म घिन्ताङ घिसी नाच, हनुमान नाच, माक प्याखं लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गरिन्छ । गाईजात्रा पर्व काठमाडौ उपत्यका लगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, विरगञ्ज, हेटौाडा र पोखरामा पनि मनाउने गरिन्छ ।

gaijatra3

पछिल्लो समयमा गाईजात्राको अवसर पारेर समाजमा भएका विद्यमान विकृति र विसङ्गतीलाई उजागर गर्नको लागि सार्वजनिकरुपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिादै आएको छ । सरकारले गाईजात्राको अवसरमा आज उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *