आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा थुनामा

दोलखा, भदौ ३ । आफ्नै आमाको हत्या गरेको आरोपमा रेशम खड्कालाई प्रहरीले पुर्पक्षका लागी थुनामा पठाइएको छ । पैसा नदिएको निहुँमा आमाको हत्या गरेको आरोपमा दोलखाको लापिलाङ गाविसका रेशम खड्कालाई प्रहरीले पुर्पक्षका लागी थुनामा पठाइएको हो ।

जिल्ला अदालत दोलखाको थुनछेक बहसपछि ४३ वर्षे खड्कालाई पुर्पक्षका लागी थुनामा पठाइएको दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए ।

उनले पैसा माग्दा नदिएको निहुँमा गत महिना ८१ वर्षे आमा मानशोभा खड्कालाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेका प्रहरीको दावी छ । हत्याको दुई दिनपछि रेशम खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

खड्काले हत्या गरे नगरेको बारे पत्ता लगाउन पोलिग्राफ परीक्षणसमेत गरिएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग

काठमाडौंबाट खटिएको पोलिग्राफ परीक्षण विशेषज्ञ टोलीले पोलिग्राफ परीक्षण गर्दा खड्काले आमाको हत्या गरेको हैन भनेर दिएको बयान झुटो रहेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.