अलविदा ! गोबिन्द दाई

गणेश बिष्ट ‘सुमन’

13819645_1156755721033419_505022468_n

“भाई कताबाट ? कहिले ? ठिक ठाक छ” ?

होटलको काउन्टरबाट ब्यस्त समयलाई निकालेरै भए पनि यी प्रश्नहरु सोधेर ग्राहकलाई आफन्त जस्तै मान्ने गोबिन्द दाई (ब्यवहारमा गोबिदाई)आज हामी संग छैनन् । डडेल्धुरा जिल्लाको तुफान डाँडा स्थित महेश्वरी होटेलका मालिक हुन – गोबिन्द दियाल । राजनीतिसंग आस्था नराख्ने र जनताका सेवामा २४सै घण्टा समपर्ण हुने ब्यक्ति हुन गोबिन्द दाई । उनको ब्यबहारका कारणले नै उनले चलाएको होटेल ‘महेश्वरी होटेल’ एकताका धनगढी र अहिले डडेल्धुरामा प्रख्याती कमाएको छ ।

भाईहरुको इमान्दारिता, सबैको मेहनत, लगनशील र कर्तब्यनिष्ठता कारण होटेल प्रचलित भएको हो । प्रत्येक ग्राहकहरुलाई घर जस्तै सेवा दिन सक्ने क्षमताका ब्यक्ति हुन गोबिन्द दाई र उनको परिवार । यति छोटो समयमै यति ठूलो बज्रपात होला भनेर मैले कल्पना पनि गरेको थिएन ।

मैले गोबिन्द दाई र उनका भाईहरुलाई आंशिक रुपमा चिनेको २०४७ साल देखि हो । हाम्रा गाऊँका केही दाजुहरु उनकै घरमा बाहालमा बस्दथे । त्यहाँ बस्दा देखिको हामी सुवाकोटेको संगतले उहाँको जीवनमा उर्जा थपि नै रह्यो । मेरो गाऊँबाट डडेल्धुरा जाँदा १ दिन हिँडेर जानु पथ्र्यो । थकित हुँदा उहाँहरुकै घरमा बस्ने दाजुहरुको कोठामा सुत्थ्यौं आंशिक परिचय त्यति नै थियो । महेश्वरी होटेलसंग र गोबिन्दादाईसंग पूर्ण परिचय हुन २०५९ सालसम्म कुर्नु प¥यो । त्यसबेला म कामको सिलशिलामा धनगढी जान्थे र उहाँकै होटेलमा बस्दथे । नजिकै मेरो शशुराली घर भएका कारणले उहाँसंग दैनिक जसो भेट भईरहन्थ्यो ।

14080908_1177985352243789_1714651401_n

इमान्दारिताको सिमा कतिसम्म भने बझाङ्गबाट आउने ब्यापारीहरुले ब्यापारको शिलशिलामा ल्याएका लाखौ र करोडौ रकमहरु बैङ्कमा राख्न छोडेर उहाँका काउन्टरमा जम्मा गर्दथे । २–४ दिन बस्दथे र होटेलका खाना र बास बाहेक सम्पूर्ण रकम इमान्दारिता पूर्वक फर्काउँदथे त्यसो त गोबिन्द दाई धेरै पढे लेखेका मानिस होइनन् । उनको हिसाव मुख मै चुस्त र दुरुस्त हुने गर्दथ्यो ।

धनगढी हुँदा कुनै गरिब, बिपन्न र शाहारा बिहिन मानिसहरु आएमा सिधै गोबिन्द दाईको महेश्वरी होटेलमा जाने गर्दथे । निशुल्क खाना खान्थे अनि टिककसम्म मागेर लैजान्थे । त्यस्तो रुपैयाको हिसाव किताव गर्ने हो भने उहाँको दशौंलाख रुपैया लिनु पर्ने हुनसक्छ । बसमा उक्लिने र झर्ने मानिसहरुले महेश्वरी होटेल निर झर्ने भनिरै होटेलको ओझ बढाई दिन्थे । जब होटेल डडेल्धुरा तिर स¥यो । धनगढीका आम मानिसहरु र उहाँका आम ग्राहकहरु दःखी हुनु स्वभाविक हो । तर विवशताका कारण उहाँहरुले डडेल्धुरामा सार्नु भयो र आफ्नो छबिलाई कायम राख्नु भयो ।

५ भाईहरु मध्ये जेठा नै गोबिन्द दाई हुन् जस्ले जीवनभर कुनै पनि प्रलोभनमा नपरि निस्वार्थ रुपमा सेवा गरेका छन् । उहाँको होटेलमा खाना नखाने नेता देखि कार्यकर्ताहरु अनि देश विदेशका मान्छेहरु सायँद कमै होलान । संविधानका लागि सुझाव लिने क्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल देखि राम बहादुर थापा(वादल), शक्ति बहादुर बस्नेत, मोहन बैद्य(किरण)हरुले उहाँको होटेलमा बस्दाको गरेको प्रंशसा भुल्न लायक छैन । डडेल्धुरामा अति पपुलर होटेलको रुपमा रहेको महेश्वरीको प्रंशसा गर्नै पर्छ ।

छोरा तेज बहादुरको रोग नै पत्ता नलागि करिब ५० लाख खर्च गरे पश्चात रोग पत्ता लाग्यो । बाथ रोगले हिपको जार्नी नै खाई सकेर दुबै जार्नीमा कृत्रिम जोर्नी हाल्नु पर्ने वाध्यता भयो । काठमाण्डौंको ग्राण्डी हस्पिटलमा अप्रेसन गरेर कृत्रिम जोर्नी हालेर बिगत १ महिना देखि ग्राण्डीमा बेड भर्नामा छन् ।

५३ बर्षिय गोबिन्द दाई यति बेला मृत्युशैयामा छटपटि रहेका छन् । छोरोको रेखदेखका लागि गोबि दाई १ महिना पहिले काठमाण्डौं आएका थिए । त्यसै शिलशिलामा आफ्नो पनि चेक अप गराउने दौरान एउटा अचम्मको बज्रपात भोग्नु प¥यो उनले । उनको शरीरमा स्टेज ४ को क्यान्सर भई सकेको रहेछ । उनलाई भक्तपुर क्यान्सर हस्पिटलमा भर्ना गरी केमो दिईयो । प्रारम्भिक केमोले केही राहत दिए जस्ता भए पनि बिस्तारै बिस्तारै उनको शरीर सुन्निदै गयो ।

दोश्रो पटक केमो दिन लायक नै रहेन शरीर । निमोनियाको कम्प्लीकेसनले ग्रसित भई छातीबाट देनिक १–१ लिटर पानी निकाल्नु पर्ने वाध्यता भयो । छारोको ग्राण्डीमा रेखदेखका लागि आएका जीवनमा यति ठूला बज्रपात होला भन्ने शंका कसैलाई लागेको थिएन ।

छोरो तेज अहिले पनि ग्राण्डी अस्पतालमा उपचारत नै छन् । भक्तपुर क्यान्सर अस्पतालमा गोबिदाईको उपचारमा डक्टरले प्रगति न्यून देखि सके पछि उनलाई घर लैजान अनुमति दिए । घर फर्काउनु अगाडि फेरी उनलाई ग्राण्डी अस्पतालमा पु¥याइयो ता कि बेड भर्ना भएको छोरोल हेर्न सकोस् । बुबा जो मृत्युसंग लडिरहेका छन् अनि छोरा जो १ महिना देखि अस्पतालको बेडमा निको हुने प्रत्यक्षा गर्दै छ तिनीहरुको भेट गराउँदाको दर्दनाक दृष्य कसैले पनि हेर्न सकिरहेका थिएनन् । सबैको आँखामा आँसु टपल्किरहेका थिए । मानौ दृष्य कुनै फिल्मको वियोगान्त कथा हो ।

ग्राण्डीबाट गाबिन्द दाईको बिदा भयो । एम्बुलेन्स रिजर्भ भयो । उहाँलाई आमासंगको भेट गराउन अक्सिजनको पाईप नाकमा जोड्दै डडेल्धुरा पु¥याइयो । बृद्ध भई सकेकी आमाले छोरोको दर्दनाक जीवक कसरी हेर्न सक्थिन र ? आँखिर छोरो न हो ! आफ्नो कोखबाट जन्माएको इमान्दार छोरो मृत्युसंग लडिरहेको स्थिति हेर्दा हेर्दा आमाको मन,मुटु रसायो । हेर्ने नसक्ने भइन । अरु छोराहरुलाई आमालाई समाल्ने अवस्था आयो ।

आखिंर इमान्दार मानिसहरु जीवनमा सेवा गर्दा गर्दै अल्प आयु मै मृत्युवरण गर्छन् भने के का लागि इमान्दार बन्छन् त ? किन बन्छन त ? बदमासहरु लामो समय बाँच्ने भए किन बदमासी नगर्ने ? यी प्रश्नहरुका उत्तर त हुदैनन् तर घोत्लिएर हेर्ने हो भने यो गम्भिर प्रश्न बनेको छ हाम्रो सामु । देशका लागि केहि गर्न खोजेका मदन भण्डारी चाँडै जानु प¥यो ।

राजा बिरेन्द्रको वंश नास भयो । भिमदत्त पन्त अल्पआयु मै जानु प¥यो । इमान्दार मानिसहरुका बिच गोबिन्ददाई समाजका एक यस्तो महोरा हुन जस्ले जीवनमा कसैलाई पीडा दिएनन् वा भनुँ समाजमा निस्वार्थ सेवा नै गरी रहे । उहाँको आत्माले शान्ती पाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.