माओवादी भर्सेज कार्यकर्ता – अंश १

गणेश बिष्ट ‘सुमन’-

14111559_1108498992591457_2025914062_n

मोबाइलको घण्टी बज्यो, ‘यो देशमा एउटा मानिस खोजिरहेछु’, नयाँ धुनका साथ ।

‘अशुतोष जी के छ खबर ?’ नयाँ नम्बर चिनेरै उस्ले फोन उठायो ।

‘मेरो विवाह छ, तिमिले आऊनु पर्छ’ । असुतोषले निम्तो दियो ।

‘कस्तो छ पार्टी ? रातो कालो छ कि छैन ?’ शुलभको उत्तर

‘रातो कालोको बिरुद्ध धावा बोल्ने तिमीहरु होइनौं ? अहिले किन चाहियो ।’

‘समय अनुसार बदल्नु सिक्नु पर्छ साथी । पहिला पहिलाको गाऊँको कोदोको रोटीको समय हो र मुला यो ! पहिला जे गरियो त्यो ठिक गरियो, अहिले जे गरिदैछ नी त्यो पनि ठिक हो । समयसंगै बग्न सक्नु पर्छ साथी । नत्र सरररररर समुद्रसंग लाप्पा खेल्न कहाँ पाईन्छ र ?’।

‘हस् हजुर । हजुरकैलागि भए पनि रातो, सेतो र कालोको ब्यवस्था मिलाऊँला ।’ असुतोषको उत्तर पश्चात फोन कट….

मैले असुतोष र शुलभको गफ अशुतोषकै कोठामा बसी नियालिरहेको थिए । उस्ले फोन राखे पश्चात मलाई भन्यो –“हेर त सुमन ! माओवादी भन्ने जात कस्तो बिग्रेको । जनयुद्धमा महादेव काकाको के गल्ति थियो र उस्को एक ट्रक रक्सीको क्वाटरहरु धोस्त बनाएका थिए । उनलाई बेघर बनाएका थिए ।

जनयुद्धमा हरेक ग्रामिण नागरिकहरु जस्ले काम गर्न पाएका थिएनन, मनोञ्जनका लागि भए पनि खेलिएको कलब्रेक रुपी तासका बाउन्न पत्तिहरु खेल्ने र हेर्नेहरुलाई खुवाई सजाय दिएका थिए । यतिमात्र होइन दुई दुई दिनको श्रम सिविरमा श्रम गर्न पठाएका थिए । अहिले रातो र कालो बिना बाँच्नै नसक्ने माओवादी कार्यकर्ताहरु कस्को भलो गर्दैछन् शान्ति प्रक्रिया पछि । बुझ्नै सकिन यार ।”

असुतोषका गफहरुले एकातिर यथार्थताको चित्रण गर्दै थियो भने अर्का तिर मलाई घरि घरि घोंचिरहेको थियो । म माओवादीहरुलाई औधि राम्रो मान्ने थुप्रै मान्छेहरु मध्ये एक हुँ जस्ले माओवादीका बिरुद्ध बोल्नेहरुलाई दुस्मन झै ठान्छु । असुतोषको माओवादीसंग कुनै पनि साईनो छैन र पनि उस्ले मन्दिरमा गएर जनवादी विवाह गर्ने आँट गर्छ । जनवादी सिद्धान्तका पानाहरु घोक्नेहरु अहिले रातो र कालोमा मस्त छन् । कति फरक छ दुनियाँ । म घोत्लिन बाध्य हुन्छु । मैले असुतोषलाई कुनै जवाफ दिन सकिरहेको थिएन । “यति मात्र भन्छु दुनियाँ जस्तो होस् मतलब छैन । म यसैमा खुसी छु कि तँ राम्रो छस्” । मैले शाहासका साथ उस्लाई भन्ने हिम्मत गरें र बाहिर निस्के ।

अशुतोषको गफ त एक प्रतिनिधि पात्रयुक्त गफहरु हुन । नेपाली राजनीतिको मियोको रुपमा उभिएको माओवादी आन्दोलन अहिले कार्यकर्ताको ब्यवस्थापन नहुँदाका कारणले बेइज्जत र बदीनाम भई रहेको छ । सामान्य जनताहरुलाई गाँस,वास र कपासको ग्यारेन्टी गर्नुपर्छ अनि बुज्रुवा होइन जनवादी शिक्षा लागु गर्नु पर्छ । समाजमा सामाजिक, साँस्कृतिक र समतामूलक न्यायको व्यवस्था हुनु पर्छ भनि सुरु भएको आन्दोलनका कार्यकर्ताहरुको विचलनवादी मानसिकता देख्दा अचम्म लाग्दछ ।

शुलभ जस्ता कमरेडहरुको बिचलन प्रति कुनै आग्रह र पूर्वाग्रह हुँदै होइन । आग्रह त ति नेताहरु प्रति हो जस्ले सामाजिक न्यायको खोलमा बिसंगतिको बर्षात गराउँदैछन् । माथिल्लो स्तर देखि तल्लो स्तरसम्मका कार्यकर्ताहरुलाई आर्थिक नभई नहुने रोग लागि सकेको छ । अहिले लवाई खवाई र जीवनस्तर हेर्ने हा,े भने अरु पार्टीका कार्यकर्ता भन्दा माओवादी कार्यकर्ताहरुको जीवनस्तर सुधार नै देखिन्छ अपवादहरुलाई गालि नपरोस् ।

जनताहरु नै माओवादीमय भएको देखि रहेका नेताहरु अहिले सबै ग्रामिण कार्यकर्ताहरु केन्द्रीय सदस्यहरु भएका छन् । जनताको घर दैलोमा झोला बोकेर “दुईमाना भट्मास भुटेर झोलामा हालि दिनु न आमा !” भन्ने कार्यकर्ताहरु अहिले बुद्ध एअरको प्लेनमा काठमाण्डौं आऊदै गर्दाका सेल्फीहरु एप्पल मोवाइलमा कैद गर्न मष्त छन् । तिन दिनसम्म खान नपाएर खाना खुवाइएका ति कार्यकर्ताहरु अहिले होटेल र रेस्टुरेन्टमा ठिस परेका देखिन्छन् ।

जनयुद्धमा कार्यकर्ता निर्माणको कला पनि गजबको थियो । राम्ररी बुझेर वादको अध्ययन गरेर र समाज परिवर्तनकै लागि भनेर लागेका कार्यकर्ताहरु नगण्य थिए जो अहिलेका उच्चस्तरका नेताहरु भएका छन् । मेरो बुझाईमा पूर्णकालिन कार्यकर्ताहरु पाँच तरिकाले भएका देखिन्छन् । एक, जो राजनीति चेतना भएर सचेत पूर्वक जनताको मुक्तिका लागि लड्न तयार भएका थिए ति कार्यकर्ताहरु अहिलेका उच्च स्तरका नेतामा रुपान्तरण भई सकेका छन् ।

दुई, लहलहीका कार्यकर्ता जो पूर्णकालिन भई माओवादी आन्दोलनबाट उपलब्धी होला, नहोला तर पनि जे होला राम्रै होला भनि लागेका अचेत कार्यकर्ता । अहिले पनि ति कार्यकर्ताकै रुपमा वा स्थानिय नेताका रुपमा रुपान्तरण भईसकेका छन् वा पलायन समेत भई सकेका छन् । तीन, अन्य पार्टीसंगको रीस र डाहका कारणले लागेका कार्यकर्ता जस्को एक मात्र उद्देश्य हुने गर्दथ्यो कि ति राजनीतिक कार्यकर्ताको सेवोटेज कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहन्थ्यो ।

चौथो, गाऊँतिर गलत धन्दा,फटाहाहरु, चोरहरु अनि महिलाप्रति आचरण खराब भएको कारणले सामाजिक बहिस्करण परे पश्चात पूर्णकालिन भएका कार्यकर्ता । ति कार्यकताहरुले डर र धम्कीकै भरमा समाजमा आफ्नो अपराधलाई ढाकछोप गरी समाजमा आफूलाई स्थापित गराउनु थियोे । पार्टीलाई कार्यकर्ताको आवश्यकता र उनीहरुलाई समाजमा स्थापित हुन प्लेटफर्म चाहिएको अवस्था थियो । उनीहरुले आफ्नो उद्देश्य पुरा भई सके पछि प्राय पलायन भएकै देखिन्छन् ।

पाँचौ र अन्त्यमा महिला । केटीहरु जनयुद्धमा लागेकै कारण असंख्य केटाहरु युद्धमा समाहित भएका थिए । युद्धकालिन समयमा कतिले यौन विचलनको सिकार हुनु प¥यो भने कति महिला र पुरुषका जनवादी बिवाह पनि भएका छन् साथै पछि सम्बन्ध बिच्छेद सम्म भएका छन् । यसरी उत्पादन भएका कार्यकर्ताहरु शान्ति प्रक्रियामा आए पछि सिद्धान्तको बिचलनतासंगै प्रतिस्पर्धात्मक आर्थिक होडवाजीले पार्टीलाई कहाँ लैजाने हो थाहा छैन ।

यसो हेर्दा अबको माओवादी आन्दोलनले सार्थक निश्कर्ष ननिकाल्ने हो भने कार्यकर्ता पंक्तिमा र जनतामा ठूलो बिचलन पैदा हुनेछ , यस्ले क्षेत्रीय पार्टीहरुको निमार्ण गर्न निकै ठूलो मलजल पु¥याउने छ । माओवादी कार्यकर्ताहरु कंग्रेस, एमाले पार्टीहरुमा गई काम गर्ने हैसियत राख्दैनन् र जादैनन् पनि । त्यसैले उनहिरुका लागि स्वायत्ततासहितको प्रादेशीक पार्टी निमार्ण नै मुख्य विकल्प हुन सक्नेछ । त्यस्तो पार्टीमा कंग्रेस र एमालेका असन्तुष्ट कार्यकर्ताहरु समेत अटाउन सक्नेछन् । मुख्य कुरा प्रादेशीक पार्टी कस्ले सुरुवात गर्ने भन्ने विषयमा कार्यकर्ताहरु अलमलमा देखिन्छन् । एक जना नेताले हिम्मत गरे धेरै कार्यकर्ताहरु त्यता जान सक्ने प्रबल सम्भावना देखिन्छ ।

अन्त्यमा, यी माथि लेखिएका बिषयहरुमा माओवादी बिचार अंगाल्ने नेता र कार्यकर्ताहरुले ध्यान दिएनन भने माओवादी कार्यकर्ताहरु त भेट्टिएलान तर जनताहरु कार्यकर्ताहरुबाट निकै टाढा पुग्नेछन जुन माओवादी पार्टीका लागि स्वयं घातक हुनेछ । इतिहासको पुनराबृति हुदैन । इतिहासको स्मरणमात्रै हुने गर्दछ । नयाँ युगको शुरुवात गर्न नयाँ तरिकाले बिश्लेषण गरी नेता र कार्यकर्ताहरुले आफूलाई रुपान्तरण गर्नु जरुरी हुनेछ ।

नत्र राम राम सत्य हो…. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *