रियो ओलम्पिक आज सकियो

भदौ, ६ । गृष्मकालिन ओलम्पिक आज सकिएको छ । ब्राजिलको रियो दी जेनेरियोमा गत अगष्ट ५ मा भब्य समारोहकाबीच प्रतियोगीताको औपचारिक उद्घाटन गरिएको थियो । यस सिजनको ओलम्पिकमा २ सय ७ राष्ट्र र एक आप्रबासी टोलीका ११ हजार ५ सय ४४ खेलाडीले २८ खेलका ३ सय ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आज बिहान आयोजित समापन समारोहमा ओलम्पिक झण्डा जापानलाई हस्तान्तरण गरिएको छ । यसैबिच यस सिजनको रियो ओलम्पिकमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्यसहित कुल १ सय २१ पदक सहित अमेरिका शिर्ष स्थानमा रह्यो । २७ स्वर्ण, २३ रजत र १७ कास्य सहित बेलायत दोश्रो स्थानमा रहदा चीन २६ स्वर्ण १८ रजत र २६ कास्यसहित पदक तालिकाको तेश्रो स्थानमा रह्यो ।

रसिया १९ स्वर्ण १८ रजत र १९ कास्य सहित चौथो स्थानमा रहदा १७ स्वर्ण १० रजत र १५ कास्य सहित जर्मनी पाचौ स्थानमा रह्यो । रियो ओलम्पिकमा ८६ राष्ट्र र एक आप्रबासी टोलीले पदक तालिकामा नाम लेखाए ।

ती मध्ये ५९ राष्ट्रको नाममा स्वर्ण पदक रह्यो । रियो ओलम्पिक दक्षिण एसियाली मुलुकहरुका लागी भने खराब बन्यो । भारतले १ रजत र १ कास्य पाउनु बाहेक कुनैपनि दक्षिण एसियाली मुलुकले पदक तालिकामा आफ्नो नाम लेखाउन सकेनन् ।

यस सिजनको ओलम्पिकमा स्विमीङतर्फ अमेरिकाको बर्चश्व रहदा दौडका बिभिन्न स्पर्धामा अमेरिका र अफ्रिकी राष्ट्रहरुको दबदबाब रह्यो । अमेरिकाले स्विमीङमा मात्र १६ र एथलेटिक्समा १३ स्वर्ण हात पार्यो । यो पटक पनि पौडीवाज माइकल फेल्प्स र धावक उसैन बोल्टले चर्चा कमाए । फेल्प्सले ५ वटा र बोल्टले तीन वटा स्वर्ण पदक हात पारे ।

टेबल टेनिश र डाईभिङमा चीनको बर्चश्व रहदा साईकिलिङमा बेलायतको प्रभाब कायमै रह्यो । पुरुष फुटबलको उपाधि भने आयोजक ब्राजिलले जित्यो । महिला फुटबलको स्वर्ण भने जर्मनीले हात पार्यो ।

रियो ओलम्पिकमा नेपालले पनि सात स्पर्धामा सहभागीता जनाएको थियो । ती मध्ये पौडिबाज शिरिष गुरुङले राष्ट्रिय किर्तिमान बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन् । यद्यपी ओलम्पिककी कान्छी खेलाडी नेपाली पौडीवाज गौरिका सिंह र तेक्बान्दोकी निशा रावल चर्चामा रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *