पाकिस्तान आईसीसी टेष्ट बरियताको शीर्ष स्थानमा

भदौ ७ । पाकिस्तान आईसीसी टेष्ट बरियताको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पटक पाकिस्तान बरियताको शीर्ष स्थानमा उक्लिएको हो ।

सन् २००३ मा दोश्रो स्थानमा पुगेको पाकिस्तान त्यसयता शीर्ष स्थानमा पुग्न सकेको थिएन् । पाकिस्तानले गत महिना ईङल्याण्डसँग ४ टेष्टको श्रृखला २–२ को बराबरीमा रोकेको थियो ।

यसअघि बरियताको शीर्ष स्थानमा रहेको अष्ट्रेलिया श्रीलंकासँग ३–० ले पराजित भएपछि त्यसको फाईदा पाकिस्तानलाई पुगेको हो । यस्तै दोस्रो स्थानमा रहेको ईण्डियाले वेष्ट ईण्डिजबिरुद्धको चार म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेपनि बाँकी दुई टेष्ट बराबरीमा सकिएको थियो ।

जसको प्रत्यक्ष प्रभाव ईण्डियालाई परेको छ । १ सय ११ अंक सहित पाकिस्तान शीर्ष स्थानमा रहँदा ईण्डिया १ अंकले पछि पर्दै दोश्रो बरियतामा छ । १ सय ८ अंक सहित अष्ट्रेलिया तेश्रो स्थानमा छ भने ईङल्याण्ड चौथो र न्युजिल्याण्ड पाँचौ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.