र्याम्पमा उत्रिदै करिना

kareena

मुम्बई , ७ । कुनै बेला बलिउडमा साइज जिरो भित्राउने उनी यतिबेला गर्भवति भएको कारण चर्चामा छिन् । गर्भवति हुँदा हुँदै पनि कामको लागि उनको लगावका लागि धेरैले उनको प्रशंसा गरिरहेका छन् ।

मेकअप ब्राण्ड ल्याकमेसँग लामो समयदेखि आबद्ध करिना लामो समयदेखि यसले आयोजना गर्ने फेसन शोमा भाग लिँदै आएकी छिन् । गर्भवती भएपछि उनले यसपटक त्यसमा भाग नलिने चर्चा आइरहेको थियो ।

तर, उनले फेरि यसमा भाग लिने भएकी छिन् । भारतीय अनलाइन बलिउड लाइफका अनुसार उनी यस्तो बेला पनि र्याम्पमा हिँड्न आतुर छिन् । डेलिभरी पछि उनले सोनम कपुरको वीर दि वेडिङमा काम गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *