काठमाडौंमा पनि स्क्रब टाइफसका बिरामी भेटिए

काठमाडौं, भदौ ८ । ग्रामीण क्षेत्रमा मात्रै देखिने भनिएको स्क्रब टाइफस रोग शहरमा पनि पाइएको छ । काठमाडौं उपत्यकामा पनि स्क्रब टाइफसका बिरामी भेटिएको डाक्टरले बताएका छन् ।

टेकु अस्पतालका डा. शेरबहादुर पुनका अनुसार काठमाडौंका एक जना बिरामीमा स्क्रब टाइफस भएको पाइएको हो । स्क्रब टाइफस भएकालाई उच्च ज्वरो आउने भनिए पनि ज्वरो नआएकालाई पनि रोग लागेको डा. पुनले बताए ।

सामान्य खोकी र बिबिरा आएका बिरामीको रगत जाँच गरेपछि स्क्रब टाइफस भएको पुष्टि भएको हो । फरक फरक लक्षण देखिएका बिरामीमा स्क्रब टाइफस भएको पुष्टि भएकाले यसबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्नेमा डा. पुनको जोड छ ।

खोकी लागे, आँखा रातो भए, ज्वरो आए वा शरीरमा विवारा आए यो रोगको संक्रमण भएको हुन सक्छ । यस्ता लक्षण देखिना साथ उपचारमा गए साधारण औषधिले रोग निको हुने डा. पुनले बताउनुभयो ।

स्क्रब टाइफस मुसा तथा जीवजन्तुमा पाईने किर्ना जस्ता स–साना किराको टोकाइका कारण लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *