पाकिस्तान र ईङ्ल्याण्डबीचको वन डे क्रिकेट सिरिज आज हुदै

भदौ ७ । पाकिस्तान र ईङ्ल्याण्डबीचको वन डे क्रिकेट सिरिज आज सुरु हुँदैछ । ईङ्ल्याण्ड भ्रमणमा रहेको टेष्ट बरियाताको शीर्ष टोली पाकिस्तानले ५ वटा वन डे म्याच खेल्नेछ ।

पहिलो खेल नेपाली समयअनुसार, साँझ पौने ७ बजे साउथहेप्टन्मा सुरु हुनेछ । ईङ्ल्याण्ड ईयान मोर्गान र पाकिस्तान अजहर अलीको कप्तानीमा मैदान उत्रने छ ।

यी दुईबीच भएको ४ म्याचको टेष्ट सिरिज २–२ को बराबरीमा सकिएको थियो भने आयरल्याण्डबिरुद्धको २ म्याचको वन डे सिरिज १–० ले जितेको थियो । यता, अष्ट्रेलिया र श्रीलंकाबीचको दोस्रो वन डे आज हुँदैछ ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे कोलम्बोमा हुनेछ । ५ म्याचको सिरिजमा अष्ट्रेलिया १–० ले अघि छ । पहिलो म्याचमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको थियो । यसअघिको ३ म्याचको टेष्ट सिरिज श्रीलंकाले क्लिनस्विप गरेको थियो । जसका कारण टेष्ट बरियाताको शीर्ष स्थानमा रहेको अष्ट्रेलिया तेस्रोमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.