मन्त्रीको नाम आफैं टुंगो लगाउने देउवाको तयारी

काठमाडौं–पौडेलले नाम नदिए देउवाले बिहीबार सााझसम्म मन्त्रीको नाम आफैं टुंगो लगाएर प्रधानमन्त्रीसमक्ष पठाउने तयारी गरेका छन् । नाम पठाउादा पौडेल पक्षका नेताहरूलाई पनि समेट्ने उनको योजना छ । महामन्त्री डा. शशांक कोइरालाले पनि भागबन्डाका आधारमा पौडेलसाग लिस्ट नमागी क्षमतावान् नेतालाई समेटेर मन्त्री बनाउन देउवालाई सुझाब  दिएका छन् ।

स्रोतका अनुसार बुधबार बिहान आफूलाई भेट्न आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिसाग कोइरालाले पौडेललाई नकुर्न देउवालाई सन्देश पठाएका छन् । उनले मन्त्री बनाउन दीपक गिरीको नाम सिफारिस गरेको स्रोतको दाबी छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि आफू गुटको सिफारिसमा मन्त्री नबन्ने बताउादै आएका छन् ।

पौडेलको पक्षमा रहेका सभासद्हरूले पनि भागबन्डा नगरी दक्षता र क्षमताका आधारमा मन्त्री छान्न व्यक्तिगत र सामूहिक रूपमा सुझाब दिादै आएका छन् । ‘पौडेल पक्षले नाम नदिएपछि बिहीबार सााझसम्म सबै पक्षलाई समेटेर मन्त्रीको लिस्ट पठाउने तयारीमा सभापति हुनुहुन्छ,’ देउवानिकट केन्द्रीय सदस्य बालकृष्ण खाणले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.