राजेश हमालको ‘शकुन्तला’ आजदेखि प्रदर्शनमा

काठमाडौं, भदौ १० । राजेश हमालले तेस्रो लिंगीको भूमिका निर्वाह गरेको चलचित्र शकुन्तला आज शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँँदैछ । राजेश हमालको त्यही गेटअपका कारण शकुन्तलालाई बहुप्रतिक्षित चलचित्रको सूचीमा राखिएको छ । चलचित्र शकुन्तलामा महिला भेष धारण गरे पनि हमालले आफ्नो ‘एङ्ग्रीम्यान’ शैली छाडेका छैनन् ।

हमालले अन्याय–अत्याचारीहरूलाई साडी र चोलो मै सखाप पारेको कुरा यो चलचित्रमा देखाइएको छ । प्रशंसकहरूको संख्या निकै भए पनि केही वर्षयता हमाल अभिनित चलचित्रहरू लगातार फ्लप भैरहेका छन् । यस्तो अवस्थामा पनि दर्शकले आशा गरेको चलचित्र ‘शकुन्तला’को प्रचार–प्रसार छाडेर हमाल अमेरिका भ्रमणमा छन् ।

यसकारण पनि चलचित्रको निर्माणपक्ष तनावमा भएको बताइन्छ । शकुन्तलामा माइकल चन्दको नृत्य, अष्ट महर्जनको द्वन्द्व, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा निर्देशक दिनेश श्रेष्ठकै छायांकन छ ।

चलचित्र शकुन्तलाको अफिसियल ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *