भारतीय राजदूत राय मनाङ भ्रमणमा

काठमाडौं, भदौ १० । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुगेका छन्।

भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुगेका हुन्।

हेलिकप्टरबाट उनी बिहान १०ः४५ बजे माथिल्लो मनाङ पुगेका हुन्। राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

राजदूत रायले भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नेछन् भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *