भक्तपुरमा एक बालकलाई स्क्रब टाइफस

भक्तपुर, भदौ १६ । भक्तपुरमा स्क्रब टाइफसका नयाँ बिरामी भेटिएका छन् । भक्तपुर अस्पतालमा उपचारका लागि आएका ६ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. शम्भुदत्त जोशीले जानकारी दिए ।

मुसा हुने एक प्रकारको किरा ‘माइट’ ले टोकेमा यो रोग सर्ने उनले बताए । मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको संक्रमण हुन सक्ने भन्दै उनले उपचारमा ढिलाई गरे ज्यानै जान सक्ने बताए ।

यो रोग भएमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, गाठा गुठी हुने, टोकेको ठाउँमा खरानी रंगको डाबर आउने, पछि कलेजो, स्वासप्रश्वस, आन्द्रा, रगतको नली फुट्ने र ज्यानै जानसक्ने डा. जोशीले जानकारी दिए।

यो रागेको संक्रमण भक्तपुरमा पहिलो पटक देखा परेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए । जनचेतनाको अभावले रोगको सक्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनु पर्ने बताउँदै उनले यसको सरकारले निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको जानकारी दिए ।

भक्तपुरमा यसको बिरामी अरु पनि हुनसक्ने बताउँदै उनले यसको परीक्षण गर्ने प्रविधि अर्थात किटको व्यवस्था भक्तपुरमा पनि गर्नु आवश्यक रहेको डा. जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.