कुवेतमा एक नेपालीको मृत्यु

भदौ १६ । कुवेतमा एक नेपालीको लडेर ज्यान गएको छ । तनहुँको बसन्तपुर कोट गाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेको विल्डिङको दुई तला माथिबाट खसेर निधन भएको हो ।

तनहुँकै राजन माझीले दिएको जानकारी अनुसार तीन वर्ष अघि कुवेत आएका गुरुङ अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलइष्ट (एयुएम)मा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । गुरुङ घर फर्कने पर्खाइमा थिए । तर कम्पनीले घर पठाउन आलटाल गरिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *