पाँच शहरमा एनसेल मेला हुदै

काठमाडौं, भाद्र १७ । एनसेलले देशका विभिन्न पाँच शहरमा एनसेल मेला आयोजना गर्ने भएको छ । नारायणगढ, पोखरा, बुटवल, धरान र बिर्तामोडमा चाडपर्वको अवसर पारेर नयाँ ब्राण्ड स्थानीय स्तरमा चिनाउन एनसेल मेला गर्न लागेको हो ।

मेला आउँदो भाद्र ३० गते नारायणगढमा, असोज १ गते पोखराको नयाँबजारमा, असोज ३ गते बुटवलको सिद्घेश्वरी मैदानमा, असोज ६ गते धरानको पब्लिकहाई स्कुलमैदानमा, असोज ८ गते बिर्तामोडमा, मेला आयोजना हुने एनसेलले जनाएको छ ।

मेला बिहान ११ देखि सुरु हुनेछ । मेलामा एनसेलले विभिन्न सेवा तथा सुविधा, डाटा उपलब्ध गराउने तथा विभिन्न कलाकारहरुले पनि प्रस्तुती गर्ने एनसेलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.