‘शैक्षिक लोन’को ब्याज सरकारले तिर्छ- बहस

गिरिराजमणि पोखरेल
निवर्तमान शिक्षामन्त्री–

म पनि विद्यार्थी आन्दोलबाट राजनीतिमा आएको हुँदा जेठ १ गतेलाई भावनात्मक सम्बन्धन राखेका कारण पनि अत्यन्त चापबीचमा उपस्थित भएको छु । योद्धाहरुलाई कदर गर्न र सहिदहरुलाई सम्झना गर्नु पनि एउटा सभ्यताभित्रै पर्दछ । त्यसैले जेठ १ गते वास्तवमा त्यो समयमा हाम्रा अग्रजले संधर्ष गर्नु भयो । विद्यार्थी भन्नेबित्तिकै स्ववियु स्थापनाका लागी विजय हासिल गरेको दिन हो । विगतमा विद्यार्थी आन्दोलनका तीन बिशेषता छन । पहिलो विशेषता भनेको निरङकुसताविराधी आन्दोलनको नेतृत्व, दोस्रो आन्दोलन ध्वजावाहकका रुपमा आन्दोलन अगाडि बढ्नु, तेस्रो जनवादी शिक्षाका लागि गरिएको संधर्ष । यि तीन विषयमा केन्द्रित रहेर विगतको विद्यार्थी आन्दोलन अधि बढेको छ ।

अहिलेको विद्यार्थी आन्दोलनले नयाँ कार्ययोेजना निर्माण गर्दा २/३ ओटा कुरा ध्यान दिनु पर्दछ । हिजोको हाम्रो कार्यदिशा बदलिएको छ । नेपालको सामाजिक परिवर्तनको कार्यदिशा बदलिएको छ । नेपलको अहिलेको हाम्रो कार्यदिशा भनेको समाजवादी क्रान्तिको कार्यदिशा हो ।
हिजो पुष्पलालले पार्टी स्थापना गर्दा नयाँ जनवाद हुँदै समाजवादको स्थापनाका लागि सपना देख्नुभएको थियो । त्यसै गरि बीपी कोइरालाले नेपाली काँग्रेसको स्थापना गर्दा सुरुमा नभएपनि २०११/०१२ तिर समाजवाद थप्नुभएको थियो । हामी भर्खरै जारी गरेको संविधानमा पनि अबको यात्रा भनेको समाजवादको यात्रा भनेको छ । तथापि हामी कोहि वैज्ञानिका समाजवाद भनेर भन्ने गरेका छौं ।

कोही लोकतन्त्रिक समाजवादका पक्षधर छौं । तर, जे भएपनि सबै विद्यार्थी साथीहरुले यहि कुरालाई ध्यानमा राखेर अबको विद्यार्थी आन्दोलनको दिशालाई तय गर्नु पर्दछ । दोस्रो महत्वपूर्ण विषय भनेको हामी विद्यार्थीलाई डाइनामिक फोर्स (गतिशील शक्ति ) भन्निछ । यथास्थितिविरुद्धमा जानु, सत्यको पक्षमा जानु स्वभावजन्य विशेषता हुन् । त्यति मात्रै हाइन, अहिलेको संविधानमा शिक्षाले अपांग, महिला, सिमान्तकृतलाई विशेष व्यवस्था गर्न पनि भनेको छ । तर, संविधान कार्यान्वयन गर्नु विद्यार्थी आन्दोलनको महत्वपूर्ण विषयवस्तुभित्र पर्दछ । व्यवस्थापिका संसद्मा एकजना माननीय सदस्यले लागु हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नु भएको थियो ।

त्यस विषयमा प्रधानमन्त्री ज्यु ले जवाफ दिनु भयो । जुनसुकै राम्रा कुरा आउँदा पनि चुनौति हुन्छन । ति चुनौति संबोधन गर्नका लागि एन कानुन निर्माण गर्नु पर्दछ । निर्देशिकाहरु बनाउनुपर्दछ । अहिले हामीले यस्ता विषयहरुलाई कसरी कार्यान्वयन गर्न हो ? हामी सबैले यसलाई मुख्य विषयवस्तुका रुपमा लिनुपर्दछ । अहिले शिक्षामन्त्रालयमा गत बर्ष भन्दा बजेट बढेको छ । प्रतिशतको हिशाबले चाहिँ बजेट बढ्छ कि बढ्दैन । अर्थमन्त्री र योजना आयागका सबै सदस्यसँग छलफल गरिरहेको छु ।

हाम्रो प्राथमिकतामा भुमम्पको पनःनिर्माण एक नम्बरमा पर्दछ । म मन्त्री भएर आउँदा आठ हजार शैक्षिक संस्था भूकम्पमा ध्वस्त परेका थिए । अहिले त्यो संख्या ९ हजार ३ सय ५३ पुगेको छ । जुन विवरण मैले बुझाईसकेको छु । भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा ८० प्रतिशत शैक्षिक संस्था ध्वस्त भएका छन् । तै पनि हामी ३१ जिल्लालाई समेट्ने भनेका छौं । अहिलेको पीडीएमएलाई हेर्ने हो भने ६० प्रतिशत शैक्षिक संस्था पनि बन्न सक्तैन््न । प्राथमिकतामा दोस्रोमा शिक्षा र स्वास्थ्यमा पर्छ । यहि अनुरुपमा बजेट आओस् भनेर पहल प्रयत्न गरेको छु । मैले काठमाण्डौं कन्या विद्यालयमा गएर १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक पनि गरेको थिएँ ।

त्यसैका आधारमा कार्यक्रम अगाडि बढाएको छ । अहिले बालविकास केन्द्रलाई शिक्षाको अंगमा ल्याउने कुरालाई नीति तथा कार्यक्रमले स्वीकार गरेको छ । यो धेरै ठुलो मुद्धा हो । किनकि ३४ हजार महिला सहयोगि कार्यकर्ता छन् । बालविकासमा ३० हजार संस्था छन ्। मैले बालविकासलाई प्रारम्भिक बालशिक्षा पदावधिकालागि व्यवस्थापिका संसद्लाई अनुरोध गरेको छु । एकातिर विद्यालय शिक्षाकालागि मैले कुरा पनि राखेको छु । एकातिर विद्यालय शिक्षाका लागि मैले कुरा पनि राखेको छु साथै नीति तथा कार्यक्रममा पनि पारिएको छ । यति धेरै विद्यालय छन कि २३ शिक्षकको न्युनतम दरबन्दी भएन भने स्कुललई व्यवस्थित ढंगले चलाउन सकिदैंन ।

जसमा १२ हजार दरबन्दी हामीले कायम गर्न सक्ने छौं । मैले प्लस टु र मावि दरबन्दीका लागि माग गरेको छु । २३ जति विज्ञान, अंग्रेजि र गणित विषयका दरबन्दी मात्रै स्वीकृत गर्न सकियो भने हाम्रो परिवर्तनको दिशामा सहयोग पुग्दछ । हाम्रो शिक्षा क्षेत्रमा सात समस्या रहेका छन । १ पँहुचको समस्या २ गुणको समस्या, ३ अनुसन्धानपरक शिक्षा नहुनु र धोकन्तेका साथै केवल प्रमाणमुखी मात्रै हुनु, ४ प्रविधिमैत्री नहुनु, ५ समकक्षताको समस्या, ६ निजि र सार्वजनिकबीचको ठुलो दुरी हुनु, ७ गाँउ र सहरबीचको फराकिलो खाडल यी समस्यालाई अगाडि बढाउनेगरी समस्या समाधान गरिनुपर्छ । यसका लागि आयोग गठन गरेर नीति निर्माण गर्नु पर्दछ । हामी यी सबै कुराको समाधानका लागि नीति निर्माण गर्न तहमा छौं ।

(अखिल क्रान्तिकारीको विद्यार्थी जागरणबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *