नेपालको मानसिक स्वास्थ्य समस्या

दिपेन्द्र बिष्ट“रोनी”
हे.अ
जिल्ला अस्पताल बझाङ्ग

पृष्ठभुमि:

नेपाल एउटा विकासोन्मुख देश हो । विकासोन्मुख देशमा विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, बिद्युत र सञ्चारको विकासक्रम चालु रहेको हुन्छ । ति विकासका पूर्वाधारहरु मध्ये स्वास्थ्य पनि एउटा महत्वपूर्ण पाटो हो । विकासोन्मुख देशमा स्वास्थ्यको समस्यामा मानसिक स्वास्थ्य पनि एउटा लुकेर रहेको समस्याको रुपमा रहेको समस्याको रुपमा ब्यप्त रहेको छ । नेपालमा मानसिक समस्याको उपचार गर्नका लागि महंगो प्रविधिहरु र बिशेषज्ञहरु चिकित्सकहरुको आवश्यकता पर्दछ भन्ने गलत मानसिकता फैलिएको छ । वास्तवमा धेरै जसो मानसिक, स्नायु र लागू पदार्थको प्रयोगबाट हुने समस्या जस्ले दैनिक जीवनमा असर पर्ने र उच्च मृत्युदर निम्त्याउने गरेको छ । त्यसलाई स्थानिय स्तरमा रहेको स्वास्थ्य सेवा प्रदायकले पनि ब्यवस्थापन गर्न सक्दछन् भन्ने कुरा जसरी स्थानिय स्तरमा रहेका स्वास्थ्य संस्थालाई विभिन्न तालिम दिई विभिन्न समस्याको समाधान गर्ने जिम्मा दिइएको छ ।

त्यसरी नै मानसिक, स्नायु तथा लागू पदार्थको प्रयोगबाट हुने समस्या सामान्य स्वास्थ्य सेवा प्रदायकले पनि ब्यवस्थापन गर्न सक्दछन् भन्ने कुरा प्रष्ट हुन्छ । जस्तै CBIMNCI तालिम प्रदान गरी स्थानिय स्तरमै बालबालिकामा हुने एकीकृत रोगको ब्यवस्थापन गरिन्छ । जस्का लागि प्रत्येक गाउँ गाउँमा चिकित्सकहरु त पुगेका हुदैनन् त्यस्तै गरी मानसिक समस्याको उपचार गर्नका लागि महंगो प्रविधिहरु र बिशेषज्ञ चिकित्सकहरुको आवश्यकता पर्दछ भन्ने गलत धारणाका कारण सेवा ग्राहीहरु झन समस्यामा पर्ने गरेका छन् । वास्तवमा धेरै जस्ता मानसिक, स्नायु र लागू पदार्थको प्रयोगबाट हुने समस्या जस्ले बेचैन तथा उच्च मृत्युदर निम्त्याउने गरेको छ । त्यसलाई स्थानियस्तरमा काम गर्ने स्वास्थ्य सेवा प्रदायकले पनि ब्यवस्थापन गर्न सक्दछन् । जस्का लागि स्थानिय स्तरमा संचालित अथवा प्राथमिक स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिबृद्धि गरी एकीकृत कार्यक्रम मार्फत उनीहरुलाई तालिम, सहयोग र सुपरिवेक्षण सेवा दिनु आवश्यक छ । अझ २०७२।०१।१२ गते आएको महाभुकम्पले मानसिक समस्या झन बढाएको छ । धेरै ब्यक्तिहरु अहिलेसम्म पनि शोकमा छन् । केही ब्यक्तिहरुमा मानसिक समस्या देखिएको पुष्टि भई सकेको छ ।

मानसिक स्वास्थ्यको पृष्ठभूमीको बारेमा कुरा गर्दा सन् २००८ मा विश्व स्वास्थ्य संगठनले न्युन तथा मध्यम आय भएका देशहरुको स्वास्थ्य सेवामा भएको कमिलाई सम्बोधन गर्न न्युन तथा मध्यम आय भएका देशहरुमा मानसिक, स्नायु तथा लागू पदार्थ प्रयोगबाट हुने समस्याबाट प्रभावित ब्यक्तिहरुका लागि  Mental Health gap action programmngap) कार्यक्रम शुरु गरेको छ । यसको पहिलो उद्देश्य विश्वभरिका मानिसहरुको मानसिक समस्यालाई सम्बोधन गर्न बिशेषज्ञ बिना नै स्थानिय स्वास्थ्य केन्द्रमा नै मानसिक स्वास्थ्य सेवा अभिबृद्धि गर्नु हो । अहिले आएर प्राथमिकतामा परेका समस्याहरु (उदाशिनता, मनोबिकृति, छारेरोग, आत्महत्या, रक्सीजन्य पदार्थको प्रयोग र त्यसबाट हुने समस्या) हरुलाई पहिचान गर्न र ब्यवस्थापन गर्ने एउटा निर्देशिका बनेको छ जस्लाई mhgap-IG भनिन्छ । यो निर्देशिका बिस्तृत रुपमा अध्ययन गरी बनाईएको छ । यो प्राथमिक तथा द्वितिय तहका स्वास्थ्य केन्द्रहरुका काम गर्ने सेवा प्रदायकहरुलाई लक्षित गरी बनाएकोले एकदमै स्वागतयोग्य रहेको छ । यसले मध्यम आयश्रोत भएमा देशहरुमा सेवा प्रदान गर्न सहज हुने छ । यसबाट मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवामा एकिकृत गरेर लैजान र मानिसहरुको पहुँच बढाउन सहयोग पुग्ने छ ।

विश्व स्वास्थ्य संगठनले १४ वटा देशहमा गरेको अध्ययन अनुसार गएको १२ महिनामा विकसित देशहमा १५ देखि ५० प्रतिशत विकासोन्मुख देशहमा ७० देखि ८५ प्रतिशत मानसिक समस्या भएका ब्यक्तिहले उपचार पाएका छैनन् । त्यस्तै कोपिला नेपाल २००९ ले नेपालमा गरेका बिभिन्न अध्ययन अनुसार २५ देखि ३० प्रतिशत ब्यक्तिहलाई एक वा त्यो भन्दा धेरै मानसिक समस्याह देखिने गरेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य सेवाको ओ.पि.डिमा आएर जचाउँने बिमारीहमध्ये करिब २० देखि २५ प्रतिशत ब्यक्तिहले केही मानसिक वा ब्यवहारगत समस्यालाई प्रायः अनेक शारीरिक सिकायतसंग जोडेर देखाउने गरेको कुरा सोनाल सिंह २००५ ले गरेको छन् । नेपालमा तबसम्म मानसिक समस्याका बारेमा कुनै कानुन नबनाईएपनि सन १९९७ मा राष्ट्रिय स्वास्थ्य नीति निर्माण गरिएको थियो तर उक्त नीति हालसम्म पनि कार्यान्यवन गरिएको छैन । मानसिक स्वास्थ्यका समस्याहमा कुनै कानुन नबनाईदा र बनेको नीतिलाई पूर्णमा कार्यान्वयन नगरि दिदा नेपालमा मानसिक समस्या बढ्दै जाने देखिन्छ । अहिले आएर नेपालमा केही संस्थाहले केही जिल्लाहमा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका छन् जस्तै UMN.TPO Nepal आदि । यसले मानसिक स्वास्थ्य समाधानका लागि अथवा मानसिक समस्या र त्यसको परिणामको बारेमा मानिसहलाई जानकारी दिई सहयोग पुग्नेछ ।

मानसिक समस्याका कारणहरु –

मानिस मानसिक रुपमा तब स्वस्थ भएको मानिन्छ जब उनको आफूले आफूलाई सम्मान गर्न सक्दछ । अका बारेमा सकारात्मक सोचाई राख्दछ । आफ्ना जीवनका हरेका मागह पुरा गर्ने सकारात्मक सोंच राख्दछ । मानसिक स्वास्थ्य स्वस्थताको त्यो अवस्था हो, जस्मा ब्यक्तिले आफ्नो क्षमताको महशुश गर्न सक्ने ,जीवनमा आई पर्ने सामान्य तनावह सामाना गर्न सक्ने, पूर्ण पमा उत्पादनशील काम गर्न सक्ने क्षमता र आफ्नो समुदायमा केही योगदान गर्न सक्षम हुनु भनेर विश्व स्वास्थ्य संगठनले परिभाषित गरेको छ । यी परिभाषाका आधारमा मानसिक समस्याका कारणह निम्न रहेका छन् ।
१. जैविक कारणह ः वंशाणुगत, दिमागमा रसायनिक तत्वका असुन्तुलन र टाउकोमा चोट पटक आदि
२. शारीरिक समस्याह ः विभिन्न शारीरिक समस्याह जस्तै एचआईभी÷एड्स, उच्च रक्तचाप, मधुमेह, मृगौला तथा कलेजोका रोगह जस्ता दिर्ध प्रकृतिका रोगहले गर्दा बिभिन्न मानसिक समस्या उत्पन्न गराएको अध्ययनले देखाएको छ ।
३. सामाजिक तत्वह ःबेरोजगारी, नजिकको ब्यक्तिको मृत्यु, आर्थिक बिपन्नता, एक्लोपन, बैवाहिक जीवनमा तनावका कारणले मष्तिष्कमा रसायनिक तत्वको परिवर्तन भई मानसिक समस्याह भई राखेका छन् ।
४. बिभिन्न दिमागी रोगह ः मष्तिष्कमा संक्रमण, टाउकोमा रगत जम्ने, छारे रोग, आदिका कारण पनि मानसिक समस्याह बढेको पाईएको छ ।
५. पारिवारिक पृष्ठभूमि ः परिवारमा भावनात्मक पले बेवास्ता गर्नाले र बाल्यकालमा आश्रित हुनु पर्ने कारणले मानसिक समस्याह बढ्ने गरेको पाईन्छ ।

मानसिक समस्या समाधान

मानसिक समस्या हाम्रै कारणले, हाम्रै समाजका कारणले र समाजमा देखिने विभेद र कलंकका कारणले उत्पन्न हुन्छन् । वास्तवमा, धेरैजसो मानसिक समस्या, स्नायु तथा लागु पदार्थको प्रयोगबाट हुने समस्या स्थानिय स्तरमा रहेका स्वास्थ्य सेवा प्रदायकले पनि ब्यवस्थापन गर्न सक्दछन । त्यसका लागि प्राथमिक स्वास्थ्य सेवा प्रणालीको अभिबृद्धि गर्नु पर्दछ र एकीकृत कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहलाई तालिम, सहयोग र सुपरिभिजन सेवा दिनु आवश्यक छ । जस्बाट मानसिक समस्या समाधानका लागि महंगो प्रविधि र बिशेषज्ञ चिकित्सकहको आवश्यकता पर्दछ भन्ने गलत धारणालाई परिवर्तन आवश्यक पर्दछ ।

मानसिक समस्या समाधानका लागि सुरुमा कलंक र भेदभावलाई कसरी कम गर्न सकिन्छ ? भन्ने तर्फ सोच्नु पर्दछ । मानसिक समस्या भएका ब्यक्तिहलाई समाजको सक्रिय र महत्वपूर्ण सदस्यको रुपमा हेर्नु पर्दछ । यसका बारेमा समाजमा खुलेर कुरा गर्नुृ पर्दछ जस्ले गर्दा मानसिक समस्या भएका ब्यक्ति पनि अरु सरह मानव प्राणी नै हुन र उनलाई पनि समाजमा उत्तिकै मर्यादा दिनु पर्दछ भन्ने कुरा बुझाउनु पर्दछ । मानसिक समस्या के के हुन, त्यो कतिको सामान्य हो र उनीहलाई उपचार गर्नु पर्दछ भन्ने कुरा समुदायका ब्यक्तिहलाई वा बिमारी परिवारलाई सहि जानकारी गराउनु पर्दछ । मानसिक समस्याको सही पहिचान भएमा समस्या समाधानको बाटो सजिलो हुन्छ ।

त्यस्तै त्यस्ता ब्यक्तिलाई मनोसामाजिक सहयोग आवश्यक पर्दछ । मनोसामाजिक समस्या न्यूनिकरणका लागि साथीभाई तथा मनमिल्ने ब्यक्तिसंग कुरा गर्ने, शारीरिक समस्याह भए उपचार गराउने, जीवन उपयोगी तथा आय मुलक शीप सिक्ने, चेतनामुलक कार्यक्रममा भाग लिने, मनोरञ्जनात्मक कार्यक्रममा भाग लिने, योगा गर्ने, ब्यायम गर्ने, ध्यान गर्ने र मनोविमर्श सेवा दिने आदि कार्यह गर्न पर्दछ । मानसिक समस्या भएका ब्यक्तिहको पहिचान गरी न्यूनिकरणका उपाय अपनाउँदै निको हुन नसकेका र अति जटिल प्रकारका समस्याहलाई माथिल्लो तहमा रेफर गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *