बलिउड कलाकारः कस्को पढाई कति ?

भदौ २१ । बलिउडमा कलाकारको हरेक कुरा चासोको विषय हुन्छ। झन् सेलेब्रेटीको पढाईबारे झनै चासो हुन्छ। बलिउडमा पढाईको कुरा आउनासाथ धेरै पढेका अमिताभ बच्चन, विद्या बालन, आर माधवन जस्ता कलाकारको नाम अगाडि आउँछ।

त्यस्तै बलिउडमा कम पढेका कलाकार पनि उत्तिकै चर्चामा छन्।

कट्रिना कैफः बलिउडकी चर्चित नायिका कट्रिना कैफको पढाई राम्रो छैन। उनको बाल्यकाल विभिन्न देशमा वितेको र १४ वर्षको उमेरमै मोडलिङ सुरु गरेकाले पढाई राम्रो हुन सकेन।

katrina-kaif 3

सलमान खानः बलिउड हस्ती सलमान खानको पनि पढाई धेरै छैन। उनी कलेज ड्रपआउट हुन्। उनी बान्द्रास्थित नेशनल कलेजमा भर्ना भएका थिए।

salman khan

ऐश्वर्य रायः मोडलिङमा करियर बनाउन भनेर ऐश्वर्यले बीचमै पढाई छाडेकी थिईन्। मुम्बईस्थित आर्य विद्या मन्दिरबाट हाइस्कुल गरेपछि उनले एक वर्ष कलेज पढिन्। पछि रहेजा कलेजमा भर्ना भएकी उनले मोडलिङ गर्न कलेज छाडिदिईन्।

aiswarya rai

आमिर खानः आमिर खानलाई फिल्ममा करियर बनाउने इच्छा थियो। पढाई पूरा गर्नुभन्दा हतार करियर बनाउन भएकाले उनले १२ कक्षा पछि अभिनय सिक्न थालेका थिए।

aamir khan

आलिया भट्टः सन् २०१२ मा स्टुडेन्ट अफ द इयर फिल्मबाट बलिउड प्रवेश गरकी आलियाले स्कुललगत्तै फिल्ममा काम गर्न थालेकी हुन्। यसपछि लगातार फिल्ममा काम गर्दै आएकी उनले पढाईमा समय दिन सकेकी छैनन्।

alia bhatt

रणवीर कपुरः बम्बई स्कटिश कलेजबाट पढाई सुरु गरेका रणवीर कपुर मुम्बईको एचआर कलेजमा भर्ना भएका थिए। तर दुई वर्षपछि उनले पनि पढाई छाडेर अभिनय कोर्स गर्न न्यूयोर्क गएका थिए।

ranbir kapoor

शाहरुख खानः दिल्लीको हंसराज कलेजका विद्यार्थी शाहरुखले अर्थशास्त्रमा ग्र्याजुएशन सकेर जामिया मिलिया इस्लामिया कलेजबाट कलेजमा मास कम्यूनिकेसनका लागि भर्ना भएका थिए। तर उनले करियरका लागि बीचमै पढाई छाडेका थिए।

saharukh khan

प्रियंका चोपडाःप्रियंकाले हाइस्कुलसम्मको पढाई अमेरिकामा गरेकी थिईन्। त्यसपछि बरेलीको आर्मी स्कुलमा पढेकी उनले मिस इन्डिया बन्न र मोडलिङमा आउनुअघि केही दिन मुम्बईको जयहिन्द कलेज गएकी थिईन्।

priyanka chopada

Leave a Reply

Your email address will not be published. Required fields are marked *