सिरहामा फेरि नक्कली डाक्टर पक्राउ

लहान, भदौ २२ । सिरहा प्रहरीले फेरि एक भारतीय डाक्टरलाई गोलवजार नगरपालिका–६ बाट पक्राउ गरेको हो। नारायण साहको घर भाडामा लिई कुनै इजाजत पत्र तथा प्रमाण पत्रसमेत क्लिनिक सञ्चालन गरेका डाक्टरलाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको जलपाईगुडी पश्चिम बंगालका २६ वर्षीय मन्तोष मण्डल छन्। इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकाले कक्षा ७ सम्मको अध्ययन पूरा गरेका छन्। बिना योग्यता सर्वसाधारण जनतालाई डाक्टर हँु भनी भ्रममा पारेर ठग्ने गरेका प्रहरी निरीक्षक उपाध्यायले बताए। प्रहरीका अनुसार उनले उपचारको नाममा मोटो रकम लिएर हाईड्रोसिल, हर्ष वावासिर, भोकन्दर समेतको उपचार गर्दै आएका थिए।

सञ्चालन गरेको उक्त क्लिनिकबाट औषधिलगायत सामग्री बरामद गरी मण्डललाई ठगी मुद्दा अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। छ दिनअगाडि पनि यहाँबाट एक भारतीय नक्कली डाक्टर पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *