सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौ, भदौ २२ । नेपाली बजारमा बुधबार एकै दिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ महंगिएको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ घटेको सुन आज ह्वात्तै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५९ हजार एक सय, तेजावी सुन ५८ हजार ८ सय ५० र चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । तीजको मौसम सकिएपनि सुन भने आकासिएको हो । गत महिना अन्तिसातावाट केही घटेको सुनको भाउ पुन उकालो लागेको छ ।

मंगलबार भने सुनको भाउ तोलामा एक सय रुपैयाँ कम भएको थियो । सोमबार स्थिर रहेको भाउ मंगलबार घटेपनि आज भने बढेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ५८ हजार ५ सय, तेजावी ५८ हजार २ सय ५० र असली चाँदी ८ सय ७५ रुपैयाँमा कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *