भ्रष्टाचार न्यूनीकरण र सुशासनको क्षेत्रमा स्वयम् सेवक

डिल्लीराज भट्ट
केन्द्रिय सचिव
(जी–नेपाल)-

समृद्ध समाज, राष्ट्र र विश्वनिर्माणका लागि ग्लोबल अध्ययन, मानव अधिकारको संरक्षण, पर्यावरण संरक्षण, नमुना विकास प्रणली, विकासका पूर्वाधार, भ्रष्टाचार न्यूनीकरण र सुशासनको क्षेत्रमा युवा मिलेर काम गर्नु पर्ने देखिन्छ । ग्रामीण क्षेत्रका मानिसले विकासको अनुभूति समेत गर्न नपाएको अवस्थामा सबैले मिलेर काम गरे त्यो सम्भव छ । विकास पद्धती पछौटे प्रणालीबाट सञ्चालित छ ।

ग्रामीण जनताको समृद्धि प्रचारवादी विकासको प्रणालीबाट ग्रसित छ । समाजलाई सकारात्मक विकासको दिशामा लैजान जरूरी देखिन्छ । समुदायको आवश्यकतालाई विकासको तालिकामा समावेश गर्न सम्बन्धित निकाय सक्रिय देखिँदैनन् ।

समाजमा सापेक्षित परिवर्तन गर्न ऊर्जाशील युवावर्ग एक महत्वपूर्ण खम्बा हो । नेपाली समाजमा नकारात्मक सोच र चिन्तन तथा कार्यविधिले जालो बनाएको छ । जुन मानव र समाज विकासका लागि खतरा हो । सकारात्मक चिन्तन गर्ने मानिस समाजमा गतिशील रूपमा काम गर्न सकिरहेका छैनन् । ग्रामीण विकासका निमित्त सुशासनका पाइला अगाडि बढाउनु पर्छ ।

प्रतिस्पर्धा व्यक्तिको स्वार्थमा केन्द्रित छ । नेपालमा सरकारी संयन्त्रका उच्च पदाधिकारीले राष्ट्रको विकासमा धोका दिँदै ब्रह्म्लुट मच्चाएका छन् । नेपालको विकासको सन्दर्भमा विकासका नमुना प्रयोग भएका छन् । विकेन्द्रित, समानुपातिक, समावेशी तथा सहभागिमूलक र दिगो विकास प्रणालीका नमुना मार्फत् अघि बढिरहेको छ । तर, यस्ता प्रणलीको भनाइ र गराइमा कल्पना गर्न नसकिने भिन्नता छ । भ्रष्टाचारविरूद्ध नेपालमा कार्यरत निकायले उपलब्धिमूलक काम गर्न सकिरहेका छैनन् ।

देश विकास बजेटको ठूलो अंश दुरूपयोग भइरहेको तथ्य आधुनिक सञ्चार माध्यमले बाहिर ल्याइरहेका छन् । भ्रष्टाचारीले प्रमाण नष्ट गर्न द्विपक्षीय जालो तयार गरेका हुन्छन् । समग्र विकासको कारक तत्व भ्रष्टाचार हो । सूचना प्रणालीको विकास जस्तै मानिसका अधारभूत आवश्यकता पनि तिब्र बढिरहेका छन् । समाजले विश्वव्यापिकरण प्रणलीसँग प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपालको अर्थतन्त्र र जनजीवन विदेशी राष्ट्रले शोषण गरिरहेका छन् ।

समाज विकासको प्रमुख तत्व आर्थिक विकास हो । जसले मानिस र समाजिक विकासलाई समृद्ध बनाउँछ । स्थानीय विकास कोषको पारदर्शी बाँडफाँड र लक्षित वर्गको पूर्ण सहभागिताबाट परिचालन गर्नुपर्ने देखिन्छ । विकास कोषको दुरूपयोग हुनबाट बचाउन लक्षित वर्ग नै चनाखो हुनु पर्छ । योजनाको कार्यान्वयन गर्नु भन्दा अगाडि योजनाको लक्ष्य, कार्यविधि, बजेट, सुरू हुने मिति तथा समापन हुने मिति आदि विविध पक्षको गहन रूपमा सूचना प्रवाह गर्ने उद्देश्यका साथ जी–नेपालले पनि पश्चिम नेपालमा काम गर्दै आइरहेको छ ।

समाजमा विकास गर्न भ्रष्टाचारको न्यूनीकरण र कानुनको शासन हुनु पर्ने पक्षमा जी–नेपालले वकालत गर्दै आइरहेको छ । स्थानीय सरकारको जवाफ देहिता बढाउने, गरिब, महिला, युवा र सिमान्तकृत समुदायलाई राज्य वा सम्बद्ध निकायबाट उपलब्ध गराइने सेवा एवम् विकास कोषको वितरण सुनिश्चित गर्न स्थानीय सरकार एवम् सम्बद्ध निकायको जवाफदेहिता अभिबृद्धी गर्ने, स्थानीय स्तरमा विकासको स्थिति सम्बन्धि सूचना उपलब्ध गराउन पहल गर्नुका साथै स्थानीय कोष विनियोजनमा पारदर्शीता कायम गर्न प्रोत्साहन गर्न जी–नेपालले राष्ट्रिय स्वयम् सेवक परिचालन गरेको छ ।

नागरिक अनुगमन प्रणलीले गर्दा सामुदायिक आयोजनाको गुणस्तरियता बृद्धी र पारदर्शीता कायम हुन्छ । असल कर्मचारीलाई राम्रो कार्य सम्पादन वापत पुरस्कारको व्यवस्था र खराब प्रवृतिका कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा तुरून्तै पहल गर्नुपर्ने देखिन्छ । समाजको रूपान्तरणमा वर्तमान समयमा असल मानिसको खाँचो छ ।

सेवा नै धर्म र कर्म हो भन्ने मानसिकता र सकारात्मक सोँचका साथ कर्मचारी तन्त्र अगाडि बढाउन भ्रष्टाचार विरूद्ध र सुशासनको क्षेत्रमा समाज राष्ट्र र विश्वमा ग्लोवल अध्ययन तथा विकास केन्द्र नेपाल(जी–नेपाल) को क्रान्ति जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *