जनयुद्धका ति दिनहरू

पदम जोशी ‘विप्लव’

माओवादी(केन्द्र) केन्द्रीय सदस्य-

हाम्रो पार्टीका सुप्रिमो कमाण्डर क.प्रचण्ड अहिले नेपाल सरकारका प्रधानमन्त्री छन् । २०५१ साल देखि युद्धमा गएको पार्टीले आफ्नो युद्धकालमा कयौं आरोह रबहोस र धुम्ती मोडहरू पार गरेको थियो । २०६२।६३ सम्म आईपुग्दा करिब १५ हजार जनताका प्यारा छोरा छोरीहरूले रगत बजाई सकेका थिए । २०५३ साल देखि यसपार्टीमा निरन्तर र अनवरत रूपमा कार्य गर्दै आइरहेको इमान्दार कार्यकर्ता हुँ म । पार्टीको कार्यकर्ताको रूपमा लगातार कार्यगर्दै आइरहेको छु । पार्टी सरकारमा भएको अवस्था र पार्टी जनयुद्धमा भएका अवस्थाको तुलना गर्दा निकै नै फरक देखिन्छ । यथार्थ कुरा के भयो भने पार्टी सरकारमा आएको अवस्थामा कार्यकर्ताको मनोवल, लगाव र पद्दतिमा निकै नै संकुचन आएको छ । जब पार्टी जनयुद्धमा थियो त्यतिबेला इमान्दारिता, अनुशासनको ठूलै महत्व हुन्थ्यो । त्यसैकारणले पनि जनताको प्यारो पार्टी बन्न सफल भएको थियो । केबल सम्झना छन् ति दिनहरू…।

जनयुद्धको योद्धा, जो समाजका विविध खाले अन्धविश्वास र कुरूतीलाई चिर्दै विज्ञानको ओकालत गर्दथ्यो, पछिल्लो कालखण्डमा आएर आध्यात्मक चिन्तकको अनुयायी बनेको देख्दा अनौठो लाग्दछ । विज्ञान प्रयोगात्मक सत्य हो । सार्वभौम सत्यतामा आधारित तथ्य हो । तर यसले दिने हरेक प्रमाणको कारण नै जगतमा साँचो हो भन्नु र वकालत गर्नु आफ्नो धर्म ठान्दथे । आध्यात्मिक चिन्तनलाई अफिमको नासासँग तुलना गर्ने कम्युनिष्ट क्रान्तिकारी जो आध्यात्मिक दर्शनलाई पुरातनको सोंच र पाखण्डीपूर्ण विचारका रूपमा व्याख्या गर्न पछि पर्दैन्थे ।

जनयुद्धले उसलाई धर्म, राजनीति, संस्कार, संस्कृति, सामाजिक मुल्य मान्यताहरू अहिले चलिराखेका छन् । यी सबै सामन्ती सत्ता टिकाउने जालहरू हुन् । त्यसैले हामी भौतिकवादीहरूले समाजलाई नयाँ बनाउन यी पुराना सोंच, धर्म, संस्कृति र चिन्तन्हरूलाई बदल्दै नयाँ बैज्ञानिक यथार्थपरक भएर जीवन जीउन सिक्नु पर्दछ । शक्तिको बलमा टिकेको पुुरानो संरचनालाई भत्काउन नयाँ विचार भएकाहरूले शक्ति निर्माण गर्नु नै पर्दछ । त्यसैले मेरो सोंच अनुसार नै म माओवादी पार्टीले तयार गरेको जनमुक्ति सेनामा भर्ना भएकोछु भन्दथ्यो ।

उसमा समाज बद्ल्नु पर्छ भन्ने कुराको गहिरो छाप परिसकेको थियो । त्यसअनुसारको हिक्मत, जोश, जाँगर, र उत्साह पनि । विषयवस्तु प्रतिको दृष्टिले उ कमजोर भएपनि उसले आफ्नो प्रसंग नै नमिल्दा शब्दहरू जोड्न प्रयास गरिरहन्थ्यो । जिद्धि गरेरै भए पनि कुतर्कको प्रभाव जमाउन खोजि रहन्थ्यो । जनमुुक्ति सेनाको सातौं डिभिजन शुदूर पश्चिमको मध्य पहाडी क्षेत्रमा ब्रिगेड स्तरिय तालिमका लागि भूगोल छनोट गर्न डडेल्धुरा आईपुग्यो । डडेल्धुराको रूपाल गा.स.वि.स मा पर्ने टप्वा लेक पहिला नै छनोट भईसकेको थियो ।

हामी आवश्यक तयारिमा जुटिरहेका थियौं । मेरो जिम्मेवारी आपूर्ती व्यवस्थापन गर्नु थियो । आपुर्तीका लागि लामो लिष्ट ल्याई विवेक आयो । आवश्यक चिजबिजको जोहो गरी सामानहरू पठाउनु नै थियो । मैले पठाएँ । कमाण्डरहरूको टिमले तालिमका लागि आवश्यक संरचना बनाईसकेकाले दोश्रो दिनबाट सैनिक तालिम हुने घोषणा ग¥यो । सैनिक तालिम शुरू भयो । स्पेसल टास्क फोर्स निमार्ण गरियो, जसको कार्य सैनिक तालिम लिने नयाँ जनमुक्ति सेनाको तालिमको भु–भागमा सुरक्षा घेरा दिनु हुन्थ्यो । टाढासम्म प्रतिक्रियावादी सेनाको गतिविधि र आफ्नो विरूद्धका सिआडीहरूको अनुसन्धान गर्न साधारण नागरिकको भेषमा सिआडी गर्न निस्किएका हुन्थे केही टिमहरू ।

एक दिनको कुरा हो, शाही नेपाली सेनाको एउटा टुकडीले राती ३ बजे तिर नै आपूर्ति ब्यवस्थापनको लागि तय गरिएको हाम्रो खाद्य स्टोर सहित स्थानिय बजार बगरकोटमा घेरा गरिसकेको रहेछ । बिहान रोलकलको लागि उठेको मात्र के थिए, टोलीमाथि एक्कासी बम प्रहार सबै स्थानियबासी सहितलाई नियन्त्रणमा लिई महिलाहरूलाई बलत्कार गरियो । गोलिहरूको अन्धाधुन्ध बर्षाले ६ जनाको घट्नास्थलमै ज्यान गयो । जस्मा १ जना माओवादी कार्यकर्ता थिए । ५ जना स्थानिय शुभ–चिन्तक मारिए ।

स्टोरको सम्पूर्ण खाद्यान्न सेनाले आगो लगाई धोस्त बनायो । ८ जना स्थानियबासी र ५ जना माओवादी कार्यकर्तालाई गिरफ्तार ग¥यो । यसरी सैनिक बलमा निर्दोष जनतामाथि गरिएको आक्रमणमा निहत्ता नागरिक माथिको ज्याजतिले पुरानो सत्ता टिकाउने जालहरू भत्ताई छाड्ने शंकल्प लिनेहरूको टिम झन पछि झन बढ्दै गयो । स्थानियवासी सम्पूर्ण जनतामा सन्नटा छायो । रूवाबासी चल्यो र युद्ध भनि हिडेका माओवादीहरूमा आक्रोसको ज्वाला दन्कियो । जनताको छोरा छोरीको अनाहकमा हत्या, बलत्कार र सम्पत्तिमा आगजानी गर्दै हिड्ने सेनामाथिको आक्रोसको सिमा रहेन । शोकमग्न बस्तिले साहदत भएकाहरूको लासलाई खाल्डो खनि पुर्ने काम गरे ।

माओवादीका तालिम प्राप्त लडाकुले बदला लिने दाऊ खोजे । नभन्दै एक हप्ता पछि डोटी र डडेल्धुराको सिमानामा पर्ने हगुल्टेमा नेपाली सेनाको बख्तरबन्द गाडीमाथि प्रहार गरी बेल्जियमबाट ल्याइएको हतियार इन्साश, जीपिएमजी मिनी लगायत हतियार कब्जा गर्दै बीर जनमुक्ति सेनाले नेपाली सेनामाथि ब्रजमुक्का प्रहार गरे । शाही नेपाली सेनाका १८ जना जतिको सफाया भयो । ३४ जना जति घाइते अवस्थामा हतियार सहित भागाभाग भयो । नेपाली सेनाले ठूलो क्षति ब्यहोर्नु परेको थियो । नयाँ र पुरानो सत्ताको संगठित शक्ति भनैकै सेना थियो ।

शाही नेपाली सेनाले पुरानो सत्ता जोगाउन जनतामा सेता आतंक मच्चाउँथ्यो भने त्यसका बिरूद्धमा सबै स्तरका फटाहा, सामन्त, दलाल र पुरानो सत्ता बिरूद्ध भन्दै जनमुक्ति सेनाले लाल आतंक मच्चायो । राज्यले सर्वसाधारणको हत्या र हिंसा गर्दै जान्थ्यो भने माओवादीले यसका बिरूद्धमा प्रतिहिंसा गर्दथ्यो । यसरी हिंसा र प्रतिहिंसाको शिकार नेपाली जनता कहिलेसम्म भईरहने ? यो जन जनको प्रश्न थियो ।

राजनीतिक हलहरूलाई पनि स्वभाविक रूपले जनताको परिवर्तनको चाहाना र युद्धको मार अति नै भारि महशुश भई सकेको थियो । मानिए जति सबै परिवर्तका एजेण्डा समाबेश नभए पनि केही सम्बोधन भएका छन् । संक्रमणकाल लम्ब्याउन अनेक प्रयत्न भए । कुटिल षडयन्त्रहरू चीरफार गर्दै नेपाली समाज सम्बन्धित संविधान घोषणा पछि कार्यान्वयनको बाटोमा अगाडी बढीरहेको छ ।

परिवर्तनका पक्षधरहरूको एकता, संर्घष र रूपान्तरण र नयाँ आधारमा नयाँ एकताको बैज्ञानिक प्रयोगले मात्रै आजको परिवर्तन सम्भव भएको हो । यस्लाई बलियो र सुदृढ गर्न समाजमा रहेका विकृति, विसंगति, धार्मिक अन्धविश्वाश र परिस्कृत सुदृढ संस्कृतिको निर्माण र विकास आवश्यक छ जो परिवर्तन समाजको नेतृत्व गर्दै आएको हो भन्नेहरूले आफैबाट कार्यान्वयन शुरू गर्न आवश्यक छ अन्यथा परिवर्तनको वकालत गर्नेहरू पाखण्डी, ढ्वाङ्गी मात्र भएको पुष्टी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *