कस्तो हुनु पर्दछ प्रधानाध्यापक ?

लोकेन्द्र बहादुर कुँवर-

पृष्ठभुमि

नेपाल एक ग्रामिण क्षेत्र धेरै भएको मुलुक हो । जहाँ विद्यालयहरु सामुदायिक छन् र ती विद्यालयहरु ग्रामिण क्षेत्रमा छन् । नेपालको शिक्षाको आधारक्षेत्र भनेको सामुदायिक विद्यालयहरु हुन् निजी विद्यालय पनि नभएका होइनन् तर तिनीहरुको उपस्थिती न्यून रहेको छ । धेरै नेपाली जनताका छोराछोरीलाई शिक्षा दिने जिम्मेवारी सामुदायिक विद्यालयका शिक्षक तथा प्रमुख भुमिका विद्यालय प्रधानाध्यापकको छ । प्रधानाध्यापक एक योग्य तथा क्षमतावान व्यक्ति हुनु जरुरी छ । आधारभूत तहका लागि वि.एड गरेको र अबको माध्यामिक –कक्षा ९–१२ का लागि एम.एड. योग्यता हुनु जरुरी रहेको छ । अहिलेसम्मका प्रधानाध्यापकहरु प्रा.वि.को स्थायी भएर मा.वि.को प्रधानाध्यापक भएर विद्यालयमा कार्यरत छन् ।

कुनै नि.मा.वि. को स्थायी भएर मा.वि.को प्रधानाध्यापक भएर कार्यरत छन् । कुनै मा.वि. स्थायी भएर मा.वि. विद्यालयकै प्रशासकीय तथा प्राज्ञिक प्रमुखको जिम्मेवारीमा छन् । कतिपय विद्यालयमा राहत अनुदान कोटा तथा अस्थायी शिक्षकहरुले पनि प्रधानाध्यापक भएर कार्य गरिरहेका छन् । हाम्रो देशमा शिक्षा नियमावली, २०५९ पूर्ण रुपमा कडाईका साथ सरकारले लागु गर्न सकेको अवस्था छैन । यस्तो अवस्थामा सामुदायिक विद्यालयको शैक्षिक नतिजाको गुणस्तरमा ओरालो लाग्ने क्रमजारी छ । प्र.अ. छनौटका लागि अहिले शिक्षाविद, वुद्धिजीवि, शिक्षाका अधिकारीहरुका बीचमा एउटा वहसको विषय भएको छ ।

प्रधानाध्यापकलाई छुट्टै पद वनाई प्रधानाध्यापकको शिक्षक सेवा आयोगले परिक्षा लिई छनौट गर्ने वा शिक्षकहरु मध्येबाट छनौट गर्ने प्रधानाध्यापक शिक्षक सेवा आयोगको परीक्षाबाट छनौट भई छुट्टै पदका रुपमा प्रधानाध्यापक स्थापित गर्ने कुरा राम्रो हो तर कुनै शिक्षण अनुभव नभएको व्यक्तिलाई प्र.अ. बनाउदा यसले विद्यालय सञ्चालनमा समस्या उत्पन्न गर्न सक्छ साथै प्र.अ. र शिक्षकहरुका बीचमा मनमुटाव हुनसक्छ । किनकि त्यस्तो प्र.अ.लाई व्यावहारिक ज्ञान सीप, क्षमता तथा कौसलको कमी हुन्छ ।

शिक्षा नियमावली, २०५९ ले विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रुपमा काम गर्न प्रत्येक विद्यालयमा एक जना प्रधानाध्यापक रहनेछ भनेको छ । यस्तो अवस्थामा निश्चित अवधिसम्म कार्यरत मा.वि.को हकमा स्नातकोत्तर तह तथा आधारभूत तहका लागि शिक्षाशास्त्रमा स्नातक गरेका स्थायी शिक्षकबाट शिक्षक सेवा आयोगले परीक्षा लिई उर्तीण व्यक्तिलाई, प्र.अ. बनाउदा राम्रो हुन्छ । प्रधानाध्यापक विशुद्धरुपमा प्राज्ञिक र प्रशासकीय प्रमुख बनाउनुपर्छ साथै यो पद स्वायत्त पनि हुनु पर्छ ।

विद्यालयमा

प्रधानाध्यापकहरु धेरैजसो राजनीतिसंग पनि जोडिएका छन् । जसले देशभरीकै विद्यालय शिक्षाको गुणस्तर तथा नतिजामा असर पु¥याएको छ । हुन त शिक्षा ऐन,२०२८ को आठौ संसोधनले केही प्रतिवन्ध त लगाएको छ, तर प्रधानाध्यापकले पूर्ण राजनीति मुक्त भई काम गर्दा सारा संसारलाई बराबर दृष्टिले हेर्न सक्छ र नयाँ संविधान २०७२ को समाजवाद प्राप्त गर्ने लक्ष्य तर्फ समाजलाई उन्मुख गराउन सक्छ । प्रधानाध्यापकले प्रशासनिक कार्य गर्दा दक्षताका साथ गर्ने हुनुपर्छ प्रधानाध्यापक एक शैक्षिक नेतृत्व भएका कारण आफुलाई प्राप्त हुने योग्यता, क्षमताबाट प्रात शक्ति, कानुनले दिने शक्ति, पुरुस्कृत गर्न सक्ने शक्ति, सूचना श्रोतको शक्ति आदिका आधारमा विद्यालय प्रशासन चलाउनु पर्छ । विद्यालय सन्चालन गर्नुपर्छ ।

विद्यालयमा प्र.अ. अरु शिक्षक भन्दा बढी अध्ययनशील उत्सुक, उर्जावान, गतिशील तथा नैतिकवान भएर कार्य गरेमा विद्यालयको मुहार स्वतः परिवर्तन हुनसक्छ । कक्षा कोठामा प्रधानाध्यापकले एउटा वाल मनोवैज्ञानिक भएर शिक्षण गर्न पर्ने हुन्छ । कक्षा कोठामा विभिन्न लिङ्ग, वर्ण, धर्म, क्षेत्र, क्षमता, स्तर, भाषा, वर्गका विद्यार्थी हुन्छन् । यस्को सम्बोधन शिक्षण विज्ञान र कला मार्फत व्यवहारत प्र.अ.ले गर्ने हो । अरु शिक्षक साथीहरुलाई पनि यो बाटोमा हिडाउने हो तर वर्तमानमा भएका प्रधानाध्यापकहरुले अभ्यासमा यस्तो गरेका छैनन् । प्र.अ. भन्ने वित्तिकै विद्यार्थीहरु डराउँछन् । केही प्र.अहरु छन् । हेम कुमार खड्का आर्दश उ.मा.वि. आयाबारी, झपाका जस्ता (शिक्षक मासिक भदौ २०७३ को रिपोर्ट ) । त्यस्ता प्र.अ.हरुले विद्यालयमा नै राम्रो परिवर्तन ल्याएका छन् । प्रधानाध्यापकहरुको विद्यार्थीसंगको सम्बन्ध समधुर र घनिष्ठ सम्बन्ध हुनपर्छ । प्रधानाध्यापकहरुको विद्यार्थीसँग, विद्यार्थीका आर्थिक समस्याहरु टुटाउन सिकाउने, व्यक्तिगत उन्नति गर्न, नैतिकता सिकाउने, श्रमको सम्मान गर्ने, समाजलाई बुझ्ने, समाजलाई सही बाटोमा हिडाउने, राष्ट्रियता बचाउने, उद्यमशील बन्ने बनाउने, आफ्नो काम आफै गर्ने, जनवादी सम्बन्ध हुनुपर्छ । जनवादी भनेको व्यवहारिक (Practical) सम्बन्ध हो ।

समुदाय सँग प्र अ को सम्बन्ध

समुदायमा धनी, गरीब, मजदुर, महिला, पुरुष, कर्मचारी, समाजसेवी, नेता, विद्यार्थी, दलित, जनजाती, उत्पीडनमा परेका, लोपोन्मुख जातजाति, भाषभाषि, क्षेत्रका मानिसहरुको बसोबास रहेको हुन्छ । यी माथिका सबै जनतासँग प्रधानाध्यापकले सम्बन्ध राख्नु पर्ने हुन्छ । किनकि विद्यालय नै सामुदायिक छ । अहिलेसम्मका प्र.अ.को सम्बन्ध समुदायसगं छैन् भनेको होइन् । अभ्यासमा १०/२० प्रतिशत शैक्षिक वा प्राज्ञिक सम्बन्ध होला तर १०० प्रतिशत सम्बन्ध नभए पनि ८०/९० प्रतिशत प्राज्ञिक सम्बन्ध त हुनु पर्दछ । विद्यार्थी, शिक्षक र अभिभावकको बीचको दुरी कम गरेमा सिकाई राम्रो हुन्छ । यो कहिले सम्भव छ भने जव प्र.अ.ले समाजका प्रत्येक व्यक्तिसंग सम्बन्ध राखेमा अहिले वर्तमान, अवस्थामा प्र.अ.हरु यस्तो गर्न सकिरहेका छैनन्, प्र.अ.हरु उचित योग्यता, क्षमता नहुँदा, प्र.अ छनौटका आधारहरु समय सुहाउँदो नहुँदा, प्रक्रिया सही अबलम्बन नगर्दा, प्र.अ. छनौटमा राजनीति हावी हुँदा यो समस्या आएको छ । वर्तमान नेपालमा अधिकांश माध्यामिक विद्यालयमा प्रा.वि., नि.मा.वि. तहका शिक्षकहरु, मा.वि.तहका प्र.अ.हरु छन् । जसलाई माध्यामिक विद्यालयको सञ्चालनको योग्यता क्षमता, ज्ञान, सीपको कमी छ । भएपनि कम छ ।

राम्रो मान्छे प्र.अ. हुन सकिरहेका छैनन्, राजनीतिक कारणले । प्रधानाध्यापकले समुदायमा राम्रो सम्बन्ध बनाउन भुमिका निर्वाह गर्नु पर्छ । सम्बन्धित विद्यालयको सम्बन्धित समुदायको गरिब पिछडीएका सवै वर्ग समुहका व्यक्तिलाई ध्यान दिनु आवश्यक हुन्छ । आफूले जाने बुझेका तरिका, बिचारहरु अनुसार आर्थिक रुपमा बलियो बनाउन उचित सल्लाह दिई हौसला बढाउने कार्य गर्नु पर्दछ । अभिभावक शिक्षा– शैक्षिक सत्रको सुरुमा, बिचमा, सन्चालन गरी शिक्षाप्रति जागरुक पार्न अनिवार्य बिषय भएको छ ।

एसएलसी उत्तीर्णहरुलाई उच्च शिक्षाको लागि सही सल्लाह तथा परामर्श दिनु जरुरी छ । अभिभावक भेला समय समयमा वोलाई राख्नु पर्दछ । उच्च नैतिकताका साथ समुदायसँग सहकार्य गर्नु पर्दछ । विभिन्न विषयका शिक्षकहरुलाई पठन पाठनमा उत्प्रेरणा प्रदान गरी उच्च मनोवल प्रदान गर्ने तिर ध्यान दिनु पर्दछ । समुदायसँग सबै शिक्षकलाई घुलमिल गराई शैक्षिक उन्नति गराउने जस्ता कार्यहरु गरेमा प्रधानाध्यापकहरु साच्चिकै विद्यालय तथा समुदायको शैक्षिक नेता हुन सक्छन् र देशको शिक्षा सम्बन्धि उद्देश्यहरु पुरा गर्न सकारात्मक भुमिका निर्वाह गर्छन् । देशमा सङघीयता पूर्णरुपमा कार्यान्वयन गर्दा अझ विद्यालय प्र.अ.को जिम्मेवारी बढ्नेछ । प्रअहरुले आफ्नो ख्याति बढाउने अवसर प्राप्त गर्नेछन् । प्र.अ. सफल छ भनेपछि त्यो समुदाय नै शिक्षामा सफल छ भन्ने बुझिनेछ । हाम्रो समाजलाई उज्यालो तर्फ डो¥याउन प्रधानाध्यापक अवको समाजले खोजेको छ न कि अहिलेका राजनीतिक दाउपेच गर्ने, कोही, अगाडी बढेको देख्न नचाहने, समाज यथास्थितिमा राख्न खोज्ने, गर्न सकिदैन ।

स्रोत केन्द्रमा प्र.अ

स्रोतकेन्द्रमा प्रधानाध्यापकहरुले पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्रीको पूर्ण कार्यान्वयन गर्न, के– कस्ता उपाय अवलम्बन गर्ने भन्ने वारेमा आफूले गरेर देखाउने । गरेका कार्यको प्रस्तुतीकरण गर्ने । अरु प्रधानाध्यापकहरुलाई तथा शिक्ष्ँकलाई हौसला प्रदान गर्ने प्रधानाध्यापक हुनुपर्छ ताकी आफ्नो स्रोतकेन्द्रको छुट्टै पहिचान बनाउन सकियोस् । सबैजसो प्रधानाध्यापकको निरन्तर पेशागत विकास हुने किसिमले प्रधानाध्यापकहरुले ICT तथा सन्चारका अन्य माध्यमहरु, शैक्षिक संस्थाको अवलोकन भ्रमण, सेमिनार, गोष्ठी सम्मेलन आदि मार्फत अगाडी बढ्नुपर्छ । एक विद्यालयको प्र.अ.ले अर्को विद्यालयको प्र.अ. प्रति नकारात्मक सोच छोड्ने र सकारात्मक सोचेर सहकार्य गर्ने हो । यसो भएमा मात्र सच्च प्र.अ.को भुमिका सच्चा हुन्छ ।

देश र जन्ताप्रतिको बफादारीता

प्रधानाध्यापकहरुले जहिले पनि देश र जनता प्रति इमान्दार भएर आफ्नो कार्य गर्नुपर्छ । प्रधानाध्यापकहरुले सोच्नु प¥यो । मातृभुमि र जन्मदिने आमा स्वर्ग भन्दा पनि प्यारा हुन्छन् भनेर विद्यार्थी र समाजलाई सही सल्लाह दिनु पर्दछ । यो देशको संविधानले म्यान्डेट गरेको लक्ष्य पुरा गर्न निरन्तर रुपमा अगाडी बढ्नु पर्दछ । देश र जनताले लामो समयसम्म सम्झिन लायक सृजनात्मक कार्य गरेर देखाउन प्रधानाध्यापकले अगाडी बढाएको खण्डमा सधैं त्यस्तो प्र.अ.ले आफूलाई जिवित पार्न सक्छ ।

नेपाल समुदाय–समुदाय मिलेर बनेको देशमा प्रधानाध्यापक पनि त्यही समुदायको सामुदायिक विद्यालयका हुन् । उनी एक समाजको मान्छेलाई राम्रो सभ्य सक्षम, उद्यमशील बनाउदैछन् । देशको हरेक क्षेत्रमा काम लाग्ने नागरिक तयार पार्दैछन् । यो महान कार्य हो । विश्व एक गाउँ बनाएको छ । ICT ले भने एउटा प्र.अ. सक्षम भयो भने विश्वका अन्य राष्ट्रका जनशक्तिसंग प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धामा जित्न सक्ने जनशक्ति तयार पार्दैछन् । प्र.अ.का लागि यो पवित्र महान कार्य हो । अनि यसरी हामी ‘गोर्खालीलाई नयाँ किसिमले परिचित गराउने कार्यमा विद्यालय प्र.अ.को प्रमुख भुमिका हुनुपर्दछ ।

निष्कर्ष

एउटा डाक्टर नराम्रो भए एक दुई विरामी मर्नसक्छन् भने एउटा शिक्षक नराम्रो छ भन्ने हजारौं विद्यार्थीको भविष्य बर्वाद हुन्छ । यस अर्थमा एउटा विद्यालय प्र.अ. प्राज्ञिक तथा प्रशासनिक नेता हुन् । उनी खराब छन् भने हजारौं विद्यार्थी तथा नेपाली जनताको भविष्य नै बर्वादी तर्फ जान्छ । त्यसैले प्रधानाध्यापक संसार बदल्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ भन्ने भावना र गराई भएको हुनुपर्छ । अनि मात्र सविधानले डो¥याएको समाजवाद प्राप्त गरी देशको प्रगति उन्नति गर्नसकिन्छ ।

एम.एड, अंग्रेजी
(झ.न.पा. ४, कञ्चनपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *