प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन कार्यान्वयन हुदैनन्ः भट्टराई

काठमाडौं, भदौ २४ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गरेको सम्बोधन कार्यान्वयन नहुने बताएका छन् ।

डा. भट्टराईले समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै भनेका छन् ‘न यो औपचारिक नीति कार्यक्रम, न पुरक बजेट भाषण, कसरी होला कार्यान्वयन ?’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कसैले झुक्याएको त हैन भन्दै प्रश्न समेत गरेका छन् ।

संयोजक भट्टराईले प्रधानमन्त्रीले बिहीवार गरेको सम्बोधनलाई सनातती चुनावी घोषणापत्रको नक्कल भएको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा सरकारको आयु कति हो भन्ने बिर्सिएको कुरा समाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.