फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग

भदौ २४ । सर्लाहीमा वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत संस्थाले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गरेका छन् ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सहयोगी समाज नेपाल र ग्रामिण नारी उत्थान संघले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न माग गरेका हुन ।

र्‍याली सहित सहायक प्रमुख जिल्ला अधिकारी विनोद खड्का मार्फत प्रधानमन्त्री र श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । त्यस्तै जिल्ला जनस्वास्थय कार्यालय देखि जिविस चौकसम्म मानवसाङ्लो पनि प्रदर्शन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *