किन दिए प्रधिकरण प्रबन्ध निर्देशक काफ्लेले राजिनामा

काठमाडौ, भाद्र २३ । उर्जा मन्त्री जनार्दन शर्माको चर्को दवावपछि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुक्रबार भेटेर काफ्लेले आफ्ना राजीनामा बुझाएका हुन् ।

उर्जा मन्त्रीमा नियुक्त हुने विक्तिकै शर्माले काफ्लेको कामप्रती असन्तुष्टि जनाउदै राजिनामा दिन आग्रह गरेका थिए । तर काफ्लेले भने आफुखुल्ला प्रतिश्पर्धाबाट आएको भन्दै बाँकी दुुई महिना काम गर्न दिन आग्रह गरेका थिए । तर बिहिबारको मनत्रीपरिषद् बैठकमा उनको कार्यसम्पादन मूल्यांकन कमजोर रहेकोले राजिनामा नदिए बर्खास्त गर्ने विषयमा छलफल भएपछि काफ्लेले त्यसको भोलिपल्टै प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन् ।

मन्त्रीपरिषद्मा काँग्रेसका तर्फबाट सहभागि मन्त्रीहरुले भने तत्काल उनलाई बर्खास्त गर्न नहुने भन्दै अडान लिएका थिए । काफ्ले तत्कालीन  सुशील कोइराला नेतृत्वको सरकारको पालामा प्राधिकरणको प्रबन्ध  निर्देशकमा नियुक्त भएका थिए । काफ्ले महोत्तरीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *