लिभरपुलद्धारा लिसेस्टर ४–१ गोलले पराजित

काठमाडौं, भदौ २६ । फिर्मिनोको दुई गोलको मदतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टरमाथि सहज जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले लिसेस्टरमाथि ४–१ गोलको सहज जित हात पारेको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले १३ औं मिनेटमा फिर्मिनोको गोलबाट अग्रता लिएको थियो । ३१ औं मानेले गोल गरे । ३८ औं मिनेटमा भर्डीले गोल गरेपछि पहिलो हाफ २–१ मा रहृयो ।

दोस्रो हाफमा पनि लिभरपुल नै हावी भयो । ५६ औं मिनेटमा लालानाले गोल गरे भने ८९ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले डिफेण्डिङ च्याम्पियनलाई सजिलै हराएको छ ।

जर्गेन क्लोपको लिभरपुलले चार खेलबाट ७ अंक बटुलेको छ भने लिसेस्टरको मात्र ४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *