सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भए सांसद पद रिक्त हुने सभामुखको चेतावनी

काठमाडौं, भदौ २६ । सभामुख ओनसरी घर्तिमगरले संसदमा सांसदहरूको न्यून उपस्थित प्रति गम्भीर हुँदै सांसद र दलहरूको ध्यानाकर्षण गराएकी छन्।

आइतबारको संसदमा सभामुखले संविधानको धारा ८९ घ बमोजिम विना सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा निजको सदस्यता संसद रिक्त हुने व्यवस्थाबारे सचेत रहन सम्बन्धित दल र सदस्यको ध्यानाकर्षण गरेकी हुन्।

संसदमा सदस्यहरूले हाजिर गरि विधेयक पारित गर्दा कोरम नपुगि बैठकनै स्थगन गर्नुपरेपछि सभामुखले यस्तो चेतावनीपूर्ण ध्यानकर्षण गराएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.