एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित )

अछाम, भदौ २६ । बिभिन्न समुहमा बिभाजित १० माओवादीबीच एकता भए लगत्तैे भातृ संगठन अ.ने.रा स्वबियु क्रान्तिकारीले देशभर एकता भेला तिब्ररुपमा अगाडि बढाएको छ । आईतबार अछाम जिल्लको एकता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि उद्वराज भट्टराईले माक्सवाद,लेलिनवाद र माओवाद परिवर्तनशिल शक्ति भएकाले १० क्रान्तिकारीहरु बिचको एकताले संगठनलाई समृद्ध बनाउने विश्वास दिलाए ।

केन्द्रको निर्देशन अनुसार संगठनका नेता कार्यकर्ता एकताको संन्देश बोकेर केन्द देखी वडा –वडा सम्म पुग्ने, संगठन निर्माणलाई कार्यान्वयन गर्ने र गराउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिए । भट्टराईले संगठनलाई नीति विधिमा ल्याउन एकताले निकै महत्वपूर्ण भुमिका खेल्ने भन्दै न्यायको पक्षमा आफ्नो संगठन सधैंँ रहिरहने बताए ।

सात नम्बर प्रदेशका नौं ओटा जिल्ला मध्ये कंचनपुर, डडेल्धुरा र बाजुरामा प्रशिक्षण कार्यक्रम संम्पन्न भएको र बाँकि रहेका छ जिल्लमा एक साता भित्र संम्पन्न गरिने एकता भेला तथा प्रशिक्षण कार्यक्रमका अतिथि तथा सह–संयोजक नवराज ऐरले टपलाईन खबरलाई जानकारी दिए । भेला तथा प्रशिक्षण कार्यक्रमको सभापति गम्भीर साउदले गरेका थिए ।

 फोटोफिचर सहित 

nav

navraj

navs

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.