यौन धन्दामा संलग्न होटल संचालक सहित चार जना भारतीय नागरिक पक्राउ

इटहरी, भदौ २७ । होटल भित्रै योन धन्दा संचालन गर्न इटहरी–१ लुम्बिनी होटलका सञ्चालक रामजी खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्दै उनीहरुकहाँ लैजाने क्रममा आइतबार प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।

होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले रु २० हजार लिई उनीहरुले नै लिएर आएको सवारीसाधनसँगै किशोरीलाई खत्री आफैँले मोटरसाइकलमा भेडेटार लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

होटल सञ्चालक खत्रीले डर धाकधम्की र प्रलोभन देखाएर किशोरीलाई बोलाई भारतीय ती युवालाई यौन सन्तुष्टि दिलाउने योजनासहित भेडेटारको होटलसम्म पु¥याउने योजनासहित ती किशोरीलाई लगेको र प्रहरीले ती भारतीय नागरिकसहित सबैलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये होटल सञ्चालक खत्रीलाई मानव बेचबिखन तथा ओसारपसार अपराधमा कारबाही अघि बढाइएको छ बताइएको छ ।

भारतीय युवा चढेको भारतीय नम्बरको सवारीसाधन जाँच गर्दा हो हल्ला गरेर सडक क्षेत्रमा सार्वजनिक तनाव सिर्जना गर्ने दुष्प्रयास गरेको भन्दै उनीहरुविरुद्ध सार्वजनिक ऐन अन्तर्गतको मुद्दा चलाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *