श्रीकोटमा स्थापना हुनेभयो, सुरक्षित प्रसुती केन्द्र

बैतडीको, भदो २७  । श्रीकोटमा थप एक सुरक्षित प्रसुती केन्द्र स्थापनाको तयारी भएको छ । श्रीकोट स्वास्थ्य
चौकीका ईन्चार्ज बीरसिंह भाटले श्रीकोट वडा नम्वर ६ सिल्लेगाडा आसपासमा सुरक्षित प्रसुती केन्द्र स्थापनाको तयारी भएको बताउनुभयो । सिल्लेगाडा बजार व्यवस्थापन समितिसंग भवनको लागी अनुरोध गरेर भवन उपलब्ध हुने वितिकै सुरक्षित प्रसुती केन्द्र स्थापना गरिने ईन्चार्ज भाटले बताउनुभयो ।

यसका साथै स्थानिय राजनितिक दल , बुद्घिजिवी , स्वास्थ्य चौकी व्यवस्थापन समिति सबैको सल्लाह लिइनेछ । सिल्लेगाडामा सुरक्षित प्रसुती केन्द्र स्थापना भए श्रीकोटका वडा नम्वर ५,६,७ देउलेक गाविसका केही वडा र कटौजपानीका केही वडाका गर्भवती महिला लाभान्वित हुने श्रीकोट स्वास्थ्य चौकीले जनाएको छ ।

यसका साथै सिल्लेगाडामा सुरक्षित प्रसुती केन्द्र स्थापना भएपछी गर्भवती महिलाले सुरक्षित रुपमा प्रसुती केन्द्रमा आई बच्चा जन्माएपछि श्रीकोटलाई निकट भविष्यमै पुर्ण संस्थागत सुत्केरी घोषणा गर्न समेत सहयोग मिल्ने बताईएको छ । हाल श्रीकोट स्वास्थ्य चौकीमा मात्र एउटा सुरक्षित प्रसुती केन्द्र रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई २०७४ असार मसान्तभित्र पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको छ । बैतडीमा हाल ११७ ठाउमा सुरक्षित प्रसुती केन्द्र स्थापना केन्द्र स्थापना गरिएको छ भने कुवाकोट , हाट र कुलाउ गाविसलाई पुर्ण संस्थागत सुत्केरी घोषणा गरिससेको छ ।

पुर्ण संस्थागत सुत्केरी घोषणा गर्नका लागी सम्पुर्ण गर्भवती महिलाले स्वास्थ्य संस्थामा अर्थात सुरक्षित प्रसुती केन्द्रमा बच्चा जन्माएको , नियमित गर्भ चेकजाँच गराएको, नियमित आइरन चक्की सेवन गरेको,टि टी खोप लगाएको , जुकाको औषधी सेवन लगायतका मापदण्ड रहेकाले यो अभियानलाई श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज बीरसिंह भाटले सबैले सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.