सय ग्राम सुनको सिक्का आयात गर्न सक्ने व्यवस्था लागु गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले एकसय ग्रामको सुनको सिक्का आयात गर्न पाउने व्यवस्था लागु गर्ने तयारी गरेको छ । बाणिज्य बैंकहरुले एकसय ग्रामको सिक्काको रुपमा पनि सुन आयात गर्न पाउने गरी सर्कुलर जारी गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

अहिले बाणिज्य बैंकले दिनको १५ किलो सुन आयात गर्न पाउने व्यवस्था छ । साना गहना पसलले सजिलै सुन किन्न पाउन् भनेर बाणिज्य बैंकले एकसय ग्रामको सुनको सिक्का पनि आयात गर्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । यस्तै एक किलोको सुनको पट्टी आयात गर्न पाउने व्यवस्था पनि लागु गर्न लागिएको छ ।

विदेशी कामदारले डलरमा तलब झिक्न सक्ने नेपालमा कार्यरत विदेशी कामदारले आफ्नो तलब अमेरिकी डलरमा झिक्न पाउने भएका छन् । उनीहरुले आफ्नो तलब तथा भत्ता विभिन्न बाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैकबाट अमेरिकी डलरमा झिक्न सक्ने राष्ट्रबैंकले जनाएको छ ।

राष्ट्रबैंकले क र ख वर्गका बैंकलाई यस सम्बन्धी सर्कुलर जारी गरेको छ ।
विदेशी कामदारले महिलाको अधिकतम तीन हजार डलर तथा वर्षको ३६ हजार डलरसम्म झिक्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि नेपालमा कार्यरत विदेशी कर्मचारीले आफ्नो तलब तथा भत्ता बैंकमार्फत सिधै डलरमा झिक्न पाउने व्यवस्था थिएन ।

यसका लागि नेपालमा कार्यरत विदेशी कामदारले आफू कार्यरत व्यवसायिक फर्म तथा संस्थाको पत्र, वैदेशिक रोजगार विभागले दिएको वर्क परमिट, कार्यरत संस्थासँग भएको सम्झौता पत्र, कर तिरेको प्रमाण तथा भिसासहित निवेदन दिनुपर्ने छ । यस्तै विदेशी कामदारले आफ्नो कमाइको ७५ प्रतिशत रकम पठाउन पनि पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *