परराष्ट्रमन्त्री महत चढेको नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

काठमाडौं, भदौ २८ । परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट बचेको छ ।

मंगलबार दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको हो । उक्त विमानमा भारत भ्रमण पुरा गरी फर्किएका परराष्ट्रमन्त्री महत समेत थिए ।

विमानस्थल अधिकारीहरुका अनुसार ल्याण्डिङ गियर फसेको पूर्वसूचना पाइलट र विमानस्थल अधिकारीहरुलाई हुन्छ । र, अवतरणका क्रममा पूर्व सावधानी अपनाइन्छ । फमहरू राखेर विमानलाई फोर्स ल्याण्डिङ गरिन्छ भने एम्बुलेन्स, दमकलसहित पूर्व तयारी हुन्छ ।

नेपाल एयरलाइन्सको उक्त विमान अहिले धावन मार्गमै रहेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । जसका कारण अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिएको छ । विभिन्न देशबाट काठमाडौं आउँदै गरेका विमान डाइभर्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.