‘बिग बस’ का यी १० विवादास्पद प्रतियोगीः यी मोडलले लगाएकी थिइन् सलमान खानमाथि बलात्कारको आरोप

1phpthumb_generated_thumbnailभारतीय टेली जगतको सबैभन्दा चर्चित र विवादित रियालिटी शो बिग बसको १० औं संस्करण अक्टोबरमा हुने बताइएको छ । यसपटक यो कार्यक्रममा विशेषदेखि साधारण मानिस पनि समावेश हुनेछन् । यो कार्यक्रम दर्शकका बिच यति धेरै चर्चित छ किनभने यो विवादले भरिएको छ । यसमा ती मानिसहरुलाई संलग्न गराइन्छ जो साधारण जीवनमा पनि कुनै न कुनै कारणले विवादमा परेका हुन्छन् । अहिलेसम्म बिग बसको ९ वटा सिजन समाप्त भइसकेको छ । कार्यक्रम अवधि भरी वा यहाँबाट निस्किसकेपछि पनि केही प्रतियोगीहरुले आफूमाथि यौन शोषण भएको आरोप थुप्रै पटक लगाइसकेका छन् । अझ अचम्मको कुरा के छ भने सिजन ५ को प्रतिस्पर्धामा रहेकी एक मोडल र नायिकाले कार्यक्रम संचालन गर्ने सलमान खानमाथि नै बलात्कारको आरोप लगाएर सनसनी फैलाएकी थिइन् ।

2puja-mishraयी मोडलले लगाएकी थिइन् सलमानमाथि बलात्कारको आरोप
पूजा मिश्रा नामकी मोडल र नायिकाले कार्यक्रमका संचालक सलमान खानमाथि नै बलात्कारको आरोप लगाएकी थिइन् । पूजाले धेरैजसो चर्चित हुनका लागि विवादको सृजना गर्ने गर्छिन् । यही वर्ष उन एकातर्फ सलमान खानमाथि बलात्कारको आरोप लगाएकी छिन् भने अर्कोतर्फ जयपुरका दुई फोटोग्राफरलाई पनि बलात्कारको आरोप लगाएकी थिइन् । उनका अनुसार जयपुरमा सुटिङका लागि उनले दुई फोटोग्राफरलाई भाडामा लिएकी थिइन् । ती दुई फोटोग्राफरले खानामा नशालु पदार्थ मिसाएर उनीमाथि बलात्कार गरेका थिए । उनको दाबी अनुसार सलमान खानले उनलाई ‘अभि तो पार्टी सुरु हुई हे’ को क्रममा बलात्कार गरेका थिए । फेसबुकमा उजुरीयुक्त फोटो सेयर गर्दै उनले लेखेकी थिइन्, ‘सलमान र उनको परिवारलगायत शत्रुघन सिन्हा र उनको परिवार विरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुको कार्यक्रम ‘अभि तो पार्टी सुरु हुई हे’ को क्रममा मेरो बलात्कार गरे ।’
3-priya-malikप्रिया मलिकः
कार्यक्रमको ९औं सिजनमा वाइल्ड कार्ड इन्ट्री गर्ने प्रिया मलिकले कार्यक्रमको क्रममा दुई प्रतियोगीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । यस्तै उनेल सोसल मिडियामा यो कुराको खुलासा गरेकी थिइन् कि पाँच वर्षको उमेरमा एक व्यक्तिले उनलाई हातपात गर्न खोजेका बेला उनले ती व्यक्तिलाई थप्पड हानेको थिए र आफ्नी आमालाई घटनाको सम्पूर्ण जानकारी दिएकी थिइन् ।
4sapana-bhabnaniसपना भावनानीः
बिग बस– ६ मा भाग लिइसकेकी सेलिब्रिटी हेयर स्टाइलिस्ट सपना भावनानीले जुलाई सन् २०१५ मा आफू २४ वर्षको हुँदा सामूहिक बलात्कारको शिकार भएको स्विकार गरेकी थिइन् । उनको अनुसार उक्त घटना क्रिसमसको एक दिन पहिले भएको थियो । फेसबुक पेज ह्युमन अफ बम्बेमा प्रकाशित भएको उनको पोष्टमा यसबारे खुलासा भएको थियो । सपनाले उक्त पोष्टमा लेखेकी थिइन्, ‘मेरो बुवाको मृत्यु पछि म सिकागो गएकी थिएँ । त्यहाँ मजस्ता अरु मानिसहरु पनि थिए। मैले त्यहाँ निकै स्वतन्त्र जीवन बिताएँ । ट्याटु र कपालसँग एक्सपेरिमेन्ट गरें । शिकागोमा एक क्रिसमस इभका बेला राती अबेर बारबाट एक्लै फर्किरहेको थिएँ । त्यतिबेला मैले निकै छोटा कपडा लगाएको थियो र रातो लिप्स्टिक पनि लगाएकी थिएँ । म २४ वर्षकी थिएँ र रक्सी पनि पिइरहेकी थिएँ। त्यतिबेला केही पुरुषहरु म भए ठाउँमा आए र ममाथि बन्दुक तेर्साए । उनले मलाई ओरल सेक्स गर्न दबाब दिए र त्यसपछि मलाई सामूहिक बलात्कार गरे । यो दुर्घटनालाई बिर्सनका लागि मलाई वर्षौं लाग्यो । तर मैले छोटो कपडा लगाउन छोडिनँ । लिप्स्टिक पनि अहिलेसम्म त्यति नै गाढा लगाउने गर्छु ।
5-anita-adawaniअनिता आडवाणीः
सुपर स्टार राजेश खन्नासँग लिभ इन रिलेसनमा रहेकी अनिता आडवाणीले बिग बोसको सातौं संस्करणको क्रममा निकै सनसनीपूर्ण खुलासा गरेकी थिइन् । उनका अनुसार उनलाई १३ वर्षको उमेरमा राजेश खन्नाले पहिलो भेटमा नै उनलाई अंगालो हालेर चुम्बन गरेकी थिइन् । अनिताको यो पनि दाबी छ कि त्यो भेटपछि सानो उमेरमा नै उनलाई राजेश खन्नाले यौन शोषण पनि गरेकी थिइन् । अनिताका अनुसार त्यतिबेला उनी कम उमेरकी थिइन् । उनको र राजेश खन्नाबिच जे भयो त्यसको लागि उनी शारिरिक र मानसिक रुपले तयार थिइनन् ।
6-payal-rohatagiपायल रोहतगीः
‘खोसलाका घोसला’, ‘लभ सेक्स और धोका’, ‘शंघाई’ र ‘बम्बे टकीट’ जस्ता फिल्म निर्देशन गर्ने निर्देशक दिवाकर बनर्जीमाथि पायल रोहतगीले यौनशोषणको आरोप लगाएकी थिइन् । पायल बिग बस सिजन २ मा देखिएकी थिइन् । मिडियाको खबरका अनुसार पायलले दिवाकरमाथि आरोप लगाउँदै भनेकी थिइन् कि जब उनी ‘शंघाई’ को अडिसन दिन गइन् तब निर्देशकले उनलाई कपडा उतार्नको लागि बताएका थिए । यद्यपी, उनको यो आरोप मिडियामा चर्चित हुनका लागि गरिएको भन्ने पुष्टि गरियो ।
7sofia-hayatसोफिया हयातः
बिग बस ७ की प्रतिस्पर्धी बनेकी सोफिया हयाले ट्वीट गर्दै आफू १० वर्षको उमेरमा नै यौन शोषणको शिकार भएको बताएकी छिन् । उनको दाबी अनुसार उनलाई बाल्यकालमा नै उनका काकाले बलात्कार गरेका थिए । यस खुलासा पछि उनका परिवारसँग बहस र झगडा भएको थियो ।
8bobby-darlingबबी डार्लिङः
बबी डार्लिङलाई कसले चिन्दैन होला । उनले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । सन् २००६ मा बिग बसको पहिलो सिजनको कन्टेस्टेन्ट बनेकी थिइन् । यसको करिब १ वर्षपछि सन् २००७ मा बबी डार्लिङले पुरुष मोडल सुरजित जगदिश सिंहमाथि यौनशोषणको आरोप लगाएकी थिइन् । यता सुरजितले भने बबीले यसको लागि बबीले नै अफर दिएको बताएका छन् ।
9bibek-mishraविवेक मिश्राः
विवेक मिश्रा व्यवसायीक रुपमा योगा शिक्षक हुन् । उनी नग्न भएर योग सिकाएको कारण विवादमा आइसकेका छन् । उनको योग सिकाउने स्टाइलमा पनि विवाद उठेको छ । उनी बिग बस ७ मा वाइल्ड कार्ड इन्ट्रि लिएका थिए । कार्यक्रममा आउनु केही समय पहिले उनले श्वेता तिवारीका पूर्व पती राजा चौधरीमाथि बलात्कारको आरोप लगाएका थिए । यद्यपी, यसमा कति वास्तविकता थियो त्यसको खुलासा भने हुन सकेन तर यो पूरा विषयले विवेकलाई चर्चित बनाइदिएको थियो ।
10-laxmi-narayanलक्ष्मी नारायणः
बिग बस ५ का प्रतियोगी समलिङ्गी लक्ष्मी नारायण त्रिपाठीले एक अन्र्तवार्तामा भनेका थिए, ‘मलाई आफ्नो परिवारका एक सदस्यले यौनशोषण गरेका थिए । म स्कूल, कलेज जान सक्दिनथें । म त्यतिबेला अहिलेभन्दा निकै भिन्न थिएँ ।’
11pamela-andersonपामेला एन्डरसनः
बिग बस ४ मा तीन दिनको मात्र पाहुना बनेकी नायिका, मोडल र टेलिभिजन निर्माता पामेला एन्डरसनले एक कार्यक्रममा आफू ६ वर्षको हुँदा नै बलात्कारको शिकार भएको बताएकी थिइन् । उनलाई बलात्कार गर्ने पुरुष नभई महिला नै भएको उनले बताएकी थिइन् । यस्तै गरी जब उनी १२ वर्षकी भइन् तब खेल सिकाउने क्रममा उनीमाथि बलात्कार भयो । योभन्दा ठूलो घटना त्यतिबेला भयो जब स्कूलका ६ साथीले मिलेर उनको सामूहिक बलात्कार गरे । यो घटना पछि पामेला मर्न चाहन्थिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *